बर्दियाका मान्छे मार्ने बाघ ‘गणना’ नभएको खुलासा


बर्दियामा यही हप्ता बस्तीनजिक गएर मान्छे मार्ने र घाइते बनाउने बाघ गणनामा नपरेको खुलासा भएको छ ।

एउटै बाघको आक्रमणबाट माघ २० गते बर्दियाको बढैयाताल गाउँपालिका –२ सितापुरमा  एकजनाको मृत्यु र एक जना घाइते भएका थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अननाथ बरालले बस्तीनजिक पुगेको बाघ कताबाट आएको भनेर पहिचान गर्ने क्रममा बाघ गणनामा ‘क्यामरा ट्रयाप’ नपरेको पाहिएको बताए ।

बर्दियामा मान्छे मार्ने र घाइते बनाउने बाघ अहिले पूर्ने आफ्नो वास्थानमा फर्केको बरालले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघले आक्रमण गरेर ठाउँमा ४ घन्टाको दूरी भएपछि भारतबाट आएको अनुमान गरिएको थियो । क्यामरा ट्रयापमा बाघ नपाएपछि भारतीय सीमावर्ती कतर्नियाघाट वन्यजन्तु आरक्षबाट बाघ आएको आशंका भएको छ ।

बाघको विषयमा थप अध्ययन अनुसन्धान भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका –२ सितापुर बस्ने ७१ वर्षीय चन्द्रबहादुर शाहीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । उनी आफ्नै खरबारीमा घाँस काट्न गएको अवस्थामा बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । उनको नरसिंह होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो ।

साथै बाघको आक्रमणबाट घाइते भएका सोही स्थान बस्ने ३० वर्षीय विजय बुढाक्षेत्रीको स्थानीय मेडिकलमा उपचार पछि घर फर्केका छन् । उनको बाघको आक्रमणबाट दाहिने पाखुरा, टाउको र ढाडमा चोट लागेको छ ।

घना बस्तीबीच बाघ आएपछि हेर्न गाउँले ठुलो सङ्ख्यामा गहुँबारीमा पुगेका थिए ।

पछिल्लो बाघ गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ८७ वटा बाघ रहेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics