अवरुद्ध रहेको फिदिम-ताप्लेजुङ सडक खण्ड १० दिनपछि खुलाइयो
- नेचर खबर
पाँचथर - बाढीले हेवा खोला पुल बगाएपछि असार ३ गतेदेखि अवरुद्व भएको मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड मंगलबार देखि पुन: संचालनमा आएको छ ।
मेची राजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवा खोलाको पुल असार २ गते राति आएको बाढीले बगाएपछि १० दिनयता अवरुद्ध थियो ।हृयुम पाइप राखेर खोला डाइभर्सन गर्दै मंगलबार यो सडक खुलाइएको हो । डाइभर्सन गर्ने काम सकिएसँगै मंगलबार अपराह्न २ बजेपछि यातायात र ढुवानीका साधन ओहोर दोहार गर्न थालेका हुन् ।
सहज आवगमन भए संगै ताप्लेजुङ्ग र पाँचथर का नागरिकका लागि राहत भएको छ। बाढिका कारण लामो समय रोकिएका सवारीसाधन निर्वाध रुपमा सुचारु भएको जिल्ला प्रहरी पाँचथरका प्रमुख डिएसपी हरी खतिवडाले बताएका छन्।
प्रतिक्रिया दिनुहोस