दोलखामा पहिरो, ४ बेपत्ता, ३ जनाको घाइते अवस्थामा उद्धार

फाइल तस्बिर


दोलखा - दोलखामा बिहीबार साँझ गएको पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोले मार्वुको टोपाटार र खारेको सल्ले स्थित आधा दर्जन घर क्षतिग्रस्त बनाएको छ । टोपाटारमको पक्की पुल बगाएको छ ।

साँझ करिब ५ बजे छिमेकी वडा खारेतर्फको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले टेलिफोनमा दिएको जानकारी अनुसार पहिरोबाट पहिरोले बस्तीका ५ घर पुरेको छ।

स्थानीयका अनुसार पहिरोमा परी टोपाटार स्थित यज्ञ थामी, उनकी श्रीमती र अर्का एक जना घाइते भएका छन् । उनीहरुको घाइते अवस्थामा उद्धार गरिएको हो ।

पहिरोमा परेर स्थानीय ५४(५५ बर्षका कृष्णबहादुर मगर, सोही उमेर हाराहारीका उनकी श्रीमती देव मगर, ५३(५४ वर्षका हरिलाल श्रेष्ठ र ३ वर्षको बालक प्रिन्स थामी बेपत्ता छन् । सुरक्षाकर्मी र गाउँले मिलेर उनीहरुको खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले बताए ।

पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भइरहेको छ।

घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्ती भन्दा माथि छिमेकी वडा खारेको डिलबाट पहिरो झरेको र पहिरोले बस्तीका ५ घर पुरेको वडाअध्यक्ष शेर्पाले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics