माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा असोज १८ मा, मिति घोषणा गर्नेमा बन्यो पहिलो बैंक



काठमाडाैं - नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे बैंकको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले लाभांश स्वीकृत गरेसगै बैंकले साधारणसभा पनि आह्वान गरेको छ ।

बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको छ।  यस संगै माछापुच्छ्रे  वार्षिक साधारण सभा आह्वान गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

बैंकले शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट चुक्तापूँजीको १३.३० प्रतिशत बोनस शेयर र चुक्तापूँजीको ०.७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics