नेपाली सेनाको पेट्रोल पम्पमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्प परिसरमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।  बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको हो ।रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैङ्किङ्ग एपमा रहेको नेपाल पे क्युआर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् । भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएसमार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्दछन् । बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोह बीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics