काँकरभिट्टा–लौकही सडक विस्तार गर्न रूख कटान सुरु

झापा – काँकरभिट्टादेखि लौकहीसम्मको सडक क्षेत्र विस्तारका लागि दायाँ–बायाँका रूख काट्न सुरु गरिएको छ । यो क्षेत्रलाई दुई खण्डमा विभाजन गरी रूख काट्न ठेक्का लगाइएको छ ।

झापाको काँकरभिट्टा–सितापुरीलाई पूर्वी खण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीमा पर्ने ४ हजार ७ सय २३ रूख बिहिबारबाट काट्न थालिएको हो ।

पश्चिम खण्ड सितापुरी–मावा खोलाको भने प्रक्रियामै रहेकाले अब छिट्टै सुरु गरिने डिभिजनल वन अधिकृत मेघराज राईले जनकारी दिए । सितापुरी–मावा खोला खण्डमा एक हजार एक सय १७ वटा रुख काटिनेछ । रूख कटान कार्य सुरु भइसकेकाले दुई महिनाभित्र सबै काटेर सकिने उनले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजनल वन अधिकृत राईको उपस्थितीमा बिहीबार धुलाबारी पश्चिममा एउटा रुख काटेर यसको शुभारम्भ गरेका छन् । रूख कटानका लागि एसियाली विकास बैंक(एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) ले एकमुष्ट ४६ अर्ब रुपैयाँ लगानी गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने ती रूख काट्न लागेको बताइएको छ । रूख कटानसँगै सडक विस्तारको काम पनि सुरु भइसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics