कोशी र बागमती प्रदेशमा भारी वर्षा, अन्य प्रदेशमा के होला ?

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ ।

देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका पहाडी र तराइ भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics