आजको मौसम : तीन प्रदेशमा हावाहुरीको सम्भावना, केही स्थानमा वर्षा

काठमाडौं - कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यत: सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका एक-दुई स्थानमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics