ताप्लेजुङको विपद्का विषयमा सांसदले गरे गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं – मनसुन सुरु भएकै समयदेखि ताप्लेजुङ जिल्ला प्राकृतिक विपद्मा परेकाले राहत तथा उद्धार कार्यमा सरकारले विषेश पहल गर्न जिल्लाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।


मंगलबार प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, उर्मिला थेबे र लिला बोखिम (लिम्बु) सहितको टोलीले गृहमन्त्री रवी लामिछानालाई ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लाको विपत्का विषयमा सरकार गम्भिर बन्न आग्रह गरेका हुन् ।

भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङको घटनाका विषयमा आफू जानकार रहेको बताउँदै राहत, उद्धार र पुनःनिर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय तह, प्रदेश सरकार, संघका सरकारी कार्यलयहरू र जिल्लाका सांसद्हरू संगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

ताप्लेजुङमा गत जेष्ठ ३० गते यता परेको अविरल वर्षाका कारण विभिन्न स्थानको सडक, पुल बगाएको छ भने घरनै पुर्दा ५ जनाको मृत्यु भएको छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले जिल्लाका अधिकांश स्थान पहिरो र बाढीको उच्च जोखिममा परेका छन् ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics