चितवनको ७८५ गोही राप्तीमा

चितवनबाट एक वर्षमै एक सय गोही राप्ती नदीमा छोडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा गोहीलाई प्रजनन केन्द्रमा हुर्काइएका घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार यससँगै अहिलेसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ ।

पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको निकुञ्जले जनाएको छ । अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको उहाँले बताउनुभयो । प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छन् ।

यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका गोही प्रजनन केन्द्रमा रहेका छन् । यही प्रजनन केन्द्रमा हुर्काएर हालसम्म विभिन्न नदीमा एक हजार ४६५ गोहीलाई छाडिएको छ ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएको छ ।

नदीमा गोही छाड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics