चितुवाको छाला र भालुको पित्त सहित पक्राउ
- नेचर खबर
भक्तपुरको सूूर्यविनायक बाट चितुवाको छाला र भालुको पित्त सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
सूर्य्विनायक नगरपालिका ६ सूर्य्विनायक चोकबाट चितुवाको छाला २ थान र भालुको पित्त सहित ललितपुर चापागाउँ बस्ने मकवानपुर भिमफेदीका ४० वर्षीय आनन्द तामाङ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त वस्तुहरू फेला परेको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस