‘राजनीति’को परीक्षा दिँदै वन मन्त्री बस्नेत


वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह अन्तर्गत राजनीतिक शास्त्रको परीक्षामा सहभागी भएका छन् । उनले राजनीति शास्त्र अन्तर्गतको निरन्तर तीनवटा विषयको परीक्षा दिइसकेका छन् । अब दुईवटा परीक्षा दिन बाँकी रहेको छ ।

मन्त्री बस्नेतको परीक्षा केन्द्र बतिसपुतलि स्थित गोल्डेन गेट कलेजमा परेको छ ।मन्त्री बस्नेत जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसबाट उच्च शिक्षाको पढाई सुरु गरे पनि पढाई पूरा गर्न पाएका थिएनन् । ४८ वर्षीय मन्त्री बस्नेतलाई फुर्सदमा पढौंला भन्दा भन्दै दिन गएको पत्तै नभएको बताए । मन्त्री बस्नेतले भने , ‘मैले अर्थशात्र र राजनीतिक शास्त्रबाट स्नातक गरेको थिए ।

त्यसैको राजनीतिक शास्त्रलाई निरन्तर दिँदै स्नातकोत्तर परीक्षा दिएको हुँ । ’फूर्सद समयमा पढ्ने योजना भएता पनि फूर्सद कहिले मिल्ने तर यो वर्ष त्रिभुवन विश्वविद्यालयले प्राइभेट तर्फको अन्तिम वर्षको लागि खुलाइएको भएर सहभागी भएको बताए ।

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा प्राइभेट फाराम भरेर पढ्ने विद्यार्थी बढेका छन्। यस वर्ष अन्तिम भनेर परीक्षा नियन्त्रण कार्यालयले फाराम भर्ने सूचना जारी गरेपछि विद्यार्थीको आकर्षण बढेको हो।

परीक्षा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष २० हजार भन्दा धेरै परीक्षार्थीले परीक्षा दिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics