मनसुन देशैभरी फैलिन अझै केही दिन लाग्ने



यस वर्ष केही छिटो नेपाल प्रवेश गरेको मनसुन देशैभरी फैलिन अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ। यसपालि मनसुन एक साताअघि नै नेपाल आएको हो।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। पूर्वी नेपालमा प्रवेश गरेपनि मनसुन अझै सक्रिय हुन सकिरहेको छैन । महाशाखाका अनुसार, देशैभरी मनसुन फैलिन भने अझै केही दिन लाग्नेछ । क्रमस पश्चिम नेपाल पुगेपछि नेपालमा मनसुनी वर्षा सक्रिय भएको मानिनेछ ।
नेपालमा पानी पार्ने मनसुन जुन महिनाको दोस्रो साताबाट सुरू हुन्छ। मौसम विभागले पछिल्लो तीस वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ। तर पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण मनसुन प्रवेश गर्ने समयममा समेत फेरबदल भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics