आज मेघ गर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात



पश्चिमी निम्नचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्य बदली भएको छ।

दिउँसो केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भागमा मध्यम वर्षा हुने छ। यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

देशका पश्चिमी भागमा राति मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ। अन्य भागको मौसम भने सामान्यतया सफा रहने छ। वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics