हात्तीको आक्रमणबाट आफ्नै माउतेको मृत्यु


चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट माउतेको मृत्युभएको छ ।


निकुञ्जले पालेको हात्ती लिएर चराउन जाने क्रममा सौराहाको डुंगा घाटबाट करिब तीन सय मिटर भित्र हात्तीले आक्रमण गर्दा सुनसरीका २७ वर्षीय माउते बुहरीलाल सरदारको मृत्यु भएको हो मोतीप्रसाद (ख) नाम गरेको भाले हात्तीले आक्रमण गर्दा सरदारको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्ऽ अर्यालले जानकारी दिए ।


 

हात्ति रिसाएर आक्रमण गरेको हुन सक्ने सूचना अधिकारी अर्यालले बताए । ज्यान गुमाउने सरदारसहित तीन जना हात्ती चराउन र घाँस काट्न गएका थिए ।
अन्य एकजना कर्मचारी रुखमा झुण्डिएर बाँच्न सफल भएको सूचना अधिकारी अर्यालले बताए ।मृतक सरदार भादैं ६ गते मात्रै निकुञ्जको माउतेमा करार नियुक्त भएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics