करोड लगानीको अनलाइनबाट किसानलाई टिप्स

फोटो : नेपाल कृषि अनुसन्धान परिषद्


तपाईँ कुन समयमा कुन बाली लगाउने भनेर द्धिविधामा हुनुहुन्छ ? कस्तो मौसममा कस्तो बाली लगाउने भनेर अलमलमा पर्नुभएको छ ? कस्तो माटोमा कस्ता बाली उपयूक्त हुन्छन भन्ने थाहा पाउन चाहानुहुन्छ ? अब तपाइले यी सबै प्रश्नको उत्तर अनलाइन बाटै पाउन सक्नुहुनेछ ।

सरकारले किसान वर्गलाई लक्षित गरि जलवायुको अवस्था हेरी कृषि उत्पादन गर्न अनलाइन पोर्टलको निर्माण गर्ने भएको छ ।

सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर किसान वर्गलाई लक्षित गरी जलवायुको अवस्था हेरी कृषिबाली उत्पादन गर्न जलवायुको अवस्था हेर्ने अनलाइन पोर्टलको निर्माण गर्न लागेको हो ।

कृषि उत्पादनलाई बृद्धी गर्नका लागी किसानलाई उपयुक्त वातावरणमा उपयुक्त बाली लगाउन सहयोग पुग्नेगरी यो व्यवस्थाको सुरुवात गर्न लागिएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका सुचना अधिकारी हरी रेग्मीले जानकारी दिए ।

कृषि विकास मन्त्रालय अन्तर्गत कृषि व्यवस्थापन जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सुचना प्रणालीले ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन मार्फत किसानलाई सुचना दिँदै आइरहेको छ । ‘सुचना र जानकारीलाई अझ व्यवस्थित र जानकारीमुलक बनाउनका लागि पोर्टल तयार गर्न लागेका हौँ’, रेग्मिले भने ।

अनलाइन पोर्टलले कुन बाली कस्तो वातावरणका लागि उपयुक्त हुन्छ । कस्तो माटोमा कुन बाली लगाउँदा उपयूक्त हून्छ भन्नेका साथै अहिलेको मौसमको समेत जानकारी उपलब्ध गराउनेछ ।

कृषि उत्पादन बृद्धि गराउन र किसानलाई मौसम उपयूक्त बाली लगाउन सहयोग पुर्याउन यो पोर्टलको तयार गर्न लागिएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका कृषिविज्ञ सुरेन्द्र गौतमले जानकारी दिए ।

गौतमले भने ‘हामीले यो पोर्टल आगामी बर्ष सम्ममा निर्माण गराइसक्नेछौँ ।’ एक करोड भन्दा बढीको लगानिमा निर्माण हुने पोर्टलले कृषि उत्पादनमा बृद्धि आउने र प्रत्यक्ष रुपमा किसान लाभान्वित हुने विश्वास कृषि विज्ञले राखेका छन् ।

पछिल्लो समय कृषिमा जति बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ । पछिल्लो एक दशकमा कृषिमा लगानी धेरै बढेको छ तर उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ ।

सरकारले कृषिमा लगानि गरेको एक दशकलाई हेर्ने हो भने करिब १० गुणा बढेको देखिन्छ । तर कृषि क्षेत्रको बार्षिक बृद्धिदर भने एक दशकमा पनि उस्तै रहेको छ ।

सरकारले चालु आर्थिक बर्षमा २७ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो रकम एक दशक अघिको तुलनामा झन्डै १० गुना बढी हो । कृषिमा लगानि बृद्धि भए पनि उत्पादनमा भने बृद्धि आउन सकेन ।

सरकारले आर्थिक वर्ष ०६४/६५ मा करिब साढे चार अर्ब बजेट विनियोजन गर्दा कृषिको वृद्धिदर पाँच दशमलब ८० प्रतिशत पुगेको थियो । त्यस पछिका बर्षहरुमा लगानि बढाउँदै लगेपनि उत्पादन बृद्धिदर भने बढ्न सकेको छैन । कृषि अनुसन्धान परिषद्का बालीबिज्ञ गोपाल भण्डारी भन्छन् ‘कृषिको प्रणालीमा सुधार नभएसम्म जति बजेट लगानी गरेपनि उत्पादन बढ्न सक्दैन ।’
उनका अनुसार कृषिमा लगानीअनुसार प्रतिफल नआउनुमा बजेट खर्च गर्ने पद्धति कमजोर रहेको छ । उनले भने ‘अधिकांश ग्रामीण किसानले अहिले पनि परम्परागत खेती प्रणालीमै खेती गरिरहेका छन् । सरकारी बजेट लक्षित किसानबर्गसम्म पुग्न सकेको छैन ।’ अधिकांश ग्रामीण क्षेत्रका किसानलाई मल, कुन समयमा कुन बीउ बिजनको प्रयोग गर्ने कस्तो बाली लगाउने भन्ने कुरा थाहा हुँदैन । यसकारणले पनि कृषिमा लगानि बढाएपनि उत्पादनमा भने बृद्धि आउन नसकेको हो ।

कार्यक्रमको योजना बनाउँदा किसान केन्द्रित भएर बनाउनुपर्नेमा योजना र प्रशाशनिक कार्यमा नै पैसा खर्च हुने गरेको कृषि विज्ञहरु बताउँछन् ।

यसरी लिन सकिन्छ जानकारी


इन्टरनेटको प्रयोग गरी अनलाइन पोर्टलमार्फत नै किसानले कुन मौसममा कुन बाली लगाउने, कस्तो माटोमा कस्तो बाली उत्पादन गर्ने, बालीमा कुन रोग लागे कस्तो विषादी प्रयोग गर्ने, विषादीको प्रयोग कसरी गर्ने भन्नेकुराको जानकारी प्राप्त गर्न सक्छन् । यसका लागि कृषि अनुसन्धान परिषदले माटो परिक्षण देखि कस्तो बीउ रोप्ने भन्ने कुराको जानकारी अनलाइन पोर्टल मार्फत नै गराउने छ ।

बालीमा लाग्ने रोग, यसबाट बच्न अपनाउनुपर्ने उपाय, रोग लागिहाल्यो भने औषधिको समेत जानकारी दिने व्यवस्था अनलाइन मार्फत नै गराइने व्यवस्था मिलाइने छ । यसैगरी कस्तो मौसमको बेलामा कस्तो बालीको उत्पादन गर्ने, कस्तो बीउ बिजन प्रयोगमा ल्याउने, बालीमा औषधिको प्रयोग कसरी गर्ने यी सबै जानकारी पाइनेछ । साथै कृषि अनुसन्धान परिषद्बाट भएका अनुसन्धान प्रतिवेदन समेत प्राप्त हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics