हावाहुरीले ज्यान गुमाएका परिवारलाई तीन लाख दिने सरकारको घोषणा

A+ A-



आइतबार बेलुकाकोे हावाहुरीका कारण ज्यान गुमाएकाका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने प्रदेश सरकारले घोषणा गरेको छ।

प्रदेश २ सरकारको सोमबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै मृतकका परिवारलाई तीन लाख र घाइतेको उपचार खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

यस्तै, घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।

हावाहुरीका कारण २७ जनाभन्दा बढीको मृत्यु भएको छ र सयौं घाइते भएको अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics