पर्यटकको पर्खाइमा प्यूठान

A+ A-



‘अतिथि देव भव ’ पाउनालाई सम्मान गर्ने र  भगवान जस्तै मान्ने नेपालको परम्परा रहेको छ । नेपाल सरकारले २० लाख पर्यटक भित्रायाउने उद्देश्य सहित सन २०२०लाई ‘भिजिट नेपाल’ घोषणा गरेको छ । पर्यटन नै नेपालको समृद्धको प्रमुख स्रोत हो । देशको सङ्घीय संरचना सँगै पर्यटनको महत्वलाई स्थानीय तहमा प्राथमिकतामा परेको छ ।

पर्यटन प्रवद्धनको लागि प्यूठानका स्थानीयले ३६ किलो मिटर पदमार्गको निर्माण गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित गौमुखी मन्दिर, झाक्रि ढुङ्गा मन्दिर, दिहाल्ना खेलमैदान इस्नाथान मन्दिर नौमुल झरना, तिखाचुली लेक, पुजाको तामाखानी लगायत रमणीय प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थल सम्म पुग्नलाई स्थानीयले पदमार्ग निर्माण गरेका हुन ।

आफ्नो ठाउँ आफै बिकास गर्नुपर्छ भनेर पछिल्लो समयमा स्थानीय सरकार लागि परेको पाइन्छ । उदाहरणको रूपमा भर्खरै नयाँ वर्षको अवसरमा वैशाख १,२ र ३ गते गौमुखी गाउँपालिकाले आयोजना गरेको गहुमुखी मिडिया सम्मेलनलाई लिन सकिन्छ ।

पर्यटन प्रवर्द्धनको मध्यजर गदैं नेपाल पत्रकार महासङ्घ र गौमुखी गाउँपालिकाको  सयुक्त रुपमा गौमुखी मिडिया सम्मेलन आयोजना गरेको थियो । गौमुखीको प्रचार प्रसारको लागि दुई सय भन्दा बढी पत्रकार ,सयौँ सरोकारवालाहरू र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको उपस्थितीमा गौमुखी मिडिया सम्मेलन आयोजना गरिएको थियो ।

नेपालमा विविधतामा एकता पाउन सकिन्छ । नेपालको विविधता बुझ्न धेरै विदेशी नेपाल आउने गर्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हाम्रो ठाउँ संस्कृतिबाट बनाउने पर्ने बताए । उनले भने, ‘हामी हाम्रो कला,सीप देखाइ रहेका छौँ यसरी नै ठाउँ बनाउन सकिन्छ । ’

प्यूठानको प्रमुख पर्यटकीय घार्मिक स्थल स्वर्गद्धारी र जिल्लाको दोस्रो धार्मिक पर्यटर्कीय स्थल गौमुखी रहेको छ ।नेपालको गहना गहुमुखी प्रचार प्रसारको अभियानले ओझेलमा परेको छ । मिडिया सम्मेलन मार्फत गौमुखीलाई चिनाउने पहिलो कदम गाँउपालिकाको उदाहरणीय छ । गौमुखी पुग्ने सयौंजना यसको प्राकृतिक सुन्दरताले लोभिएको थिए ।

गौमुखी गाउँपालिका प्यूठानको अध्यक्ष विष्णु कुमार गिरीले गौमुखी गाउँपालिकाको सुन्दरतालाई बाहिर लैजाने उद्देश्य यो सम्मेलन आयोजना गरेको बताए । उनले भने, ‘धार्मिक र सांस्कृतिक हिसाबले महत्त्व रहेका गहुमुखीलाई फैलाउन सके भविष्यमा आन्तरिक र वाहय पर्यटकको प्रमुख आकर्षक केन्द्र बन्न सक्छ ।’



यस स्थानमा ५१ प्रतिशत वन क्षेत्र ओगटेको छ । हराभरा पर्यटन सँग वनलाई जोडन सक्यौँ भने यसले आर्थिक गतिविधिमा धेरै सहयोगी हुने गिरीको विश्वास छ ।

प्यूठान यस्तो ठाउँ हो जुन धार्मिक सँगसँगै प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ । प्यूठानको गहनाको रूपमा स्वर्गद्धारी, गहुमुखी र इस्नाथान रहेको छ । पर्यटक विकासको सम्भावना रहेको प्युठानका स्थानीयबासी पर्यटकलाई स्वागत गर्ने पखाईमा बसेका छन् ।



गौमुखीको विशेषता

प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न गौमुखी प्यूठान जिल्लाको उत्तर पूर्व गौमुखी गाउँपालिका २ मा अवस्थित छ । झिमरुक नदीको उद्यम स्थल यस स्थानको कुनामा रहेको गुफामा गाईको मुख जस्तो आकारबाट छङछङ गरी पानी निक्लने हुँदा यसलाई गौमुखी भनिएको हो ।

अँध्यारो गुफा गौमुखीको सबैभन्द्या आकर्षणको रहेका छ । गुफा अँध्यारो भएकोले बतिको साहारले भित्र पस्न सकिन्छ । करिब ४५ फिट लम्बाइ,करिब १८ फिट चौडाइ र करिब २० फिटसम्म उचाइ यो गुफाको क्षेत्र छ । गुफाको प्रवेशद्धार साँघुरो छ । डुङ्गामा तेकेर सजिल्लै प्रवेश गर्न सकिन्छ ।डुङ्गामा चिप्लो बाटो नभएकोले सजिल्लै भित्र पुगेर निस्कन सक्छन् ।

एकान्त स्थलमा लालीगुराँस, डाँफे र मुनाल, हिउँले सजिएको पञ्चासेको लेक आदि प्राकृतिक छटाले सु सम्पन्न अवस्थामा गौमुखी रहेको छ । माघे सङ्क्रान्तिमा यहाँ तीर्थ गर्नेहरूको घुइँचो लाग्दछ ।

लालीगुराँस,पाँचऔले, तिते, सिलाजित र अन्य बहुमूल्य जडिबृटि यसमा ठाउँमा पाइन्छ । पर्यटकलाई लोभ्याउने वनस्पति रहेको छ गौमुखी पुग्न जिल्ला सदरमुकाम खलङ्गाबाट करिब ४० किलोमिटरको कच्ची सडक र करिब एक घण्टाको पैदल यात्रा गनुपर्दछ ।

इस्नाथान

धार्मिक पर्यटकीय स्थलले इस्नाथान निक्कै चर्चित रहेको छ । प्यूठानको अर्के आकर्षक केन्द्र हो झिमरुक गाउँपालिका ८ अन्तर्गत रहेको इस्नाथान हो । यस स्थानलाई पवित्र धार्मिक एवं सांस्कृतिक थलो मानिन्छ ।

असोस र चैतमा हिन्दुहरुले मनाउने रामनवीमा यस ठाउँमा कालो पाठीको बलि दिने प्रचलन रहेको छ । इस्नाथानमा मनले मागेको कुरा पूरा भएर कालो पाठी बलि दिने गरिन्छ । अन्य दिन सबैलाई प्रवेश हुने यस मन्दिर असोज र चैतमा हिन्दुहरुले मनाउने रामनवमीमा भने महिललाहरु जान नहुने धार्मिक विश्वास रहेको छ ।

देवीकै पूजा गर्ने भएकोले महिलाहरू सहभागी हुन नहुने झिमरुक ८ का वडा अध्यक्ष तुलसबहादुर बस्नेतले बताए । त्यसैरी यस ठाउँको विशेषता भनेको जति खेर पनि हावा लाग्ने गर्छ । यस ठाउँमा रहेका रुखहरू पनि छडके रहेको छ ।



पर्यटकीय स्थल स्वर्गद्धारी

प्यूठानको स्वर्गधारी निक्कै लोकप्रिय रहेको छ यसमा दैनिक रूपमा एक हजार देखी १५ सय सम्म पर्यटक पुग्ने गरेको मन्दिर व्यवस्थापक बाबुराम न्यौपानेले जानकारी दिए ।

स्वर्गद्धारी प्युठान जिल्लाको उत्तर पश्चिम भागमा समुद्र सतहको अन्दाजी २१२१ मिटर माथि अवस्थित रहेको छ । प्राचीन कालमा सोह्महांर्षिहरुले यज्ञ गरी स्वर्ग गएकोले यस ठाउँको स्वर्गद्धारी नामकरण गरिएको भन्ने कथन छ ।

प्युठानको स्वर्गद्धारी निक्कै लोकप्रिय रहेको छ । नेपालकै पवित्र धामहरु मध्यको एक धाम प्युठानको स्वर्गद्धारी एक पटक सबै पुग्न पर्ने ठाउँ हो । स्वर्गद्धारी धार्मिक हिसाबले निकै अग्रज स्थानमा रहेको छ ।

यहाँ अवस्थित गौशादा,वेदपाठशाला,गुफा ,यज्ञशाला, मानसरोवर ताल, शिवालय, भण्डारा, धर्मशालाले पनि यस ठाउँको महत्त्व हो ।
स्वर्गद्धारीको पसिरबाट नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics