अवैध सालको काठ सहित पक्राउ

A+ A-


धनुषमा अवैध सालको काठ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली नगरपालिका –१ का २५ बर्षीय किरण धामी रहेका छन् ।

धनुषाबाट खटिएको प्रहरी टोलीले सिन्धुलीबाट धनुषातर्फ जाँदै गरेको ना.५ त.९५०१ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा उक्त सालको चौकस २७ थान सहित चालक धामीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics