पाल्पामा आठ खुट्टा भएको अनौठो पाठो !



पाल्पाको रामपुरमा आठ खुट्टा भएको अनौठो प्रकृतिको बाख्रा आईतबार बिहान करीब ९ बजेतिर जन्मिएको छ । रामपुर नगरपालिका–६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राले आठ खुट्टा भएको बाख्रा जन्माएको हो ।

एक टाउको, छातीबाट तल दुई भाग फाटेर छुट्टिएको, चार कान भएको, पाठापाठी नचिनिने खालको जिउँदो पाठो जन्मिएको हो । अनौठो खालको बाख्रा हेर्नेको भीड लागेको थियो । “सँगै जन्मिएका दुई वटा पाठा भने राम्रै जन्मिएको छ, एउटा चाहिँ अचम्मको जन्मियो”, गोविन्दबहादुर घर्तीले भने। जन्मिएको डेढ घण्टामा अनौठो पाठो मरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics