मान्छे बाँदर कि बाँदर मान्छे ?

A+ A-

एउटा बाँदरलाई तन्द्रुङ्ग झुन्ड्याएर केही मान्छेका जमात रमाइरहेका रहेछन् । एउटा प्राणी आत्तिरहेको छ, डराइरहेको छ । भयभित छ । कति निष्ठुरी मान्छे ! एउटा एक्लो निरीह प्राणीलाई समात्यो । एक त त्यो त्यो जीव डरले आत्तिएको छ, सकेसम्म भाग्न चाहन्छ तर मान्छेले क्रुर व्यवहार गरिरहँदा त्यसमा गर्व गर्छ । त्यो प्रकृतिको स्वतन्त्र जीवलाई अत्याचार गर्दा खुसीयाली मनाउँछ । निर्दयी र असंवेदनशी बन्छ । तिनमा पनि परिवार हुन्छन्, साथी हुन्छन् । तिनलाई पनि रमरौस गर्न मन लाग्छ, सबैभन्दा ठूलो कुरा बाँच्न मन लाग्छ । बरु मान्छेले आत्महत्या गर्ला तिनलाई यो प्रकृतिसँग सिधा सम्बन्ध गाँस्ने इच्छा हुन्छ । हो, बाँदरले किसानलाई सताउँछ । दिक्क लाउँछ । हैरानी दिइरहन्छ ।

त्यसलाई व्यवस्थित व्यवस्थापन र सजगता अपनाउनु, विकल्प खोज्नु मान्छेको बौद्धिक कार्यभित्र पर्छ । आजको वैज्ञानिक उपायको खोजी गरेर मान्छे र प्राणी दुवैलाई नोक्सान नहुने उपाय खोज्नु आजको आवश्यकता पनि त हो । कुनै प्राणी अशान्त छ भने त्यो मान्छेको स्वार्थका कारण अशान्त छ । भैँसीले यो संसारमा अशान्ति मच्चाएको होइन बरुलाई मान्छेले भैँसीलाई अशान्ति दिएको हो । यो प्रकृति सबैको साझा घर हो । यहाँ सृष्टिका सबै जीवले बाँच्न पाउनुपर्छ । यो सृष्टिमा मान्छेले मात्रै एकाधिकार जमाउने हक उसलाई कसले दिएको हो ? आखिर आफ्नो बौद्धिकता र समझको बडप्पनमा आडम्बरको धाक लाउँछ भने त्यो उसको बाँदरपन हो । मान्छेले बाँदरलाई शत्रु किन ठान्छ ? बाँदरले मान्छेलाई राक्षस किन मान्छ ?

मान्छेसँग एकपटक परापूर्व कालको सृष्टि प्रक्रियाको विज्ञान र शास्त्रज्ञान सम्झिने खुबी हुनुपर्छ । बाँदर एउटा स्तनधारी जनावर जसले मान्छे जसरी नै जीवनलाई गुजार्छ । मान्छेको छेउमा हुँदा आपूmलाई सहारा पाएको आभास पनि गर्छ । मान्छेले आपूmलाई विकसित भएको बाँदर हुँ भनेर बिर्सियो । आफ्नो सन्तानलाई पेटमा झुन्ड्याएर सप्रेम हिँडाउने बाँदरले कहिल्यै पुलमुनी आफ्नो नौ महिना गर्भमा राखेको बच्चा फालेको सुन्नुभएको छ ?बाँदरनीले कहिल्यै आफ्नो बच्चा मारेको कुमातृत्व देख्नुभएको छ ?संवेदनहीन मान्छे कति निर्दयी र क्रुर छ ! बाँदरले कहिल्यै आफ्ना आफन्तलाई, मित्रलाई धारिलो हतियारले चटाचट काटेको देख्नुभएको छ त ! हो, मान्छे वैज्ञानिक उन्नतिको बुकुर्सीमा चुरीफुरी देखाउँछ । बाँदरले दिक्क लायो भन्छ अनि तिनले बाँच्न पाउनुपर्ने प्राणी अधिकारमा अत्याचार गर्छ, एकाधिकार जमाउँछ । यस्तो व्यवहारलाई अन्याय भयो भनेर कसले भन्ने ?

बाँदर–बाँदरर्नीले जुम्रा हेरेको देख्दा तपाईँ आपूmलाई कसरी तुलना गर्नुहुन्छ ?हरेक प्राणीले अवस्थाका आधारमा आफ्ना सन्ततिलाई प्रेम गर्छ, चाट्छ, आपूmले नखाएरै भए पनि सन्तानलाई खुवाउँछ । मान्छेले जसरी चराहरू पनि पानीमा नुहाएर रमाइरहेका हुन्छन् । आपसमा झगडा पनि गर्छन्, मिल्छन् पनि । तिनले निर्धोलाई हेप्ने हुनाले पशु भनिएको हो तर मानिसलाई अलिकति चेतना उच्च भएकाले सभ्य पशु भनिएको हो । मान्छे पनि पशुकै दर्जाको अलिकति चेतनामा सबल मात्रै हो । नत्र सम्भोगका क्षणमा, क्रोधमा, ईष्र्यामा, लोभमा मानिस र पशुमा ठूलो अन्तर हुँदैन । मान्छेसँगै लुक्ने र लुकाउने व्यवहारको कोसिसमा मान्छे मात्रऔपचारिक बनेको हो । प्रकृतिमा स्वच्छन्द विचरण गर्नु हरेक जीवको आवश्यकता र नैसर्गिक अधिकार हो । बरु मान्छे भूकम्पले थिचिएला तिनले प्रकृतिसँग नातो गाँसेका हुन्छन् । भलै न्यायको आवाज ओकल्ने शक्ति तिनमा छैन तर भावना र संवेग हुन्छ । स–साना जीवदेखि विशाल जीवले यो प्रकृतिमा आपूmलाई आपूm जसरी नै बाँच्न चाहन्छन् त्यो तिनको पनि अधिकार भित्र पर्छ । यसथै मान्छेले सीमित दायराभन्दा माथि उक्लेर हस्तक्षेप गर्छ भने त्यो दण्डनीय हुनुपर्छ । नीति बन्नुपर्छ । प्राणीको अस्तित्व रक्षा प्रकृति र मानिस दुवैका लागि आवश्यक छ । न्यायका कोणबाट मान्छेले कुनै पनि प्राणीलाई जथाभावी दुव्र्यवहार गर्ने र कष्ट दिने कुकार्य गर्न पाउनुहुँदैन । प्राणी निरीह छन् भन्दैमा उसले मनमोजी व्यवहार गरेर दुःख दिनुहुँदैन ।

मान्छेसँग भाषा छ तर बाँदरको पनि आफ्नो भाषा छ । मान्छेले बाँदरको भाषा बुझ्दैन तर कतिपय अवस्थामा मान्छेको भाषा तिनले बुझ्छन्, सोच्न जान्दछन् । मान्छेभन्दा धेरै र छिट्टै सोच्ने खुबी बाँदरमा हुन्छ ।मान्छे ठम्डम्ती रुख कहाँ चढ्न सक्छ, बाँदरमा त्यो खुबी छ । मान्छेले ज्ञानको घमण्ड किन गर्नुप¥यो– मान्छेले आफ्नो गुण छोडेर बाँदरको नक्कल गर्दैगर्दा आपूmलाई बिर्सिइसक्यो तर बाँदरले आफ्नो गुण बिर्सेको छैन नि । भगवान् रामले हनुमानलाई भक्त बनाए या हनुमान भक्त बने आखिर त्यहाँ सम्बन्ध बन्यो । रामले हनुमानको क्षमता र भक्तिलाई सम्मान गरेका छन् । सीताको खोजमा चातुर्यताको कला प्रदर्शन गर्नुलेपनि बाँदर र मान्छेको सम्बन्ध प्राचीन युगदेखि नै अटुट थियो । आज मान्छे राक्षस बनेको छ । आपूmलाई वैज्ञानिक युगका सौखिन बडप्पनको ढोङ गरेर मपाईँत्वको अन्धो लाससामा मैमत्त भएको मान्छेलाई प्रकृतिले बाँदर बनाउँदैछ र अनि बाँदरलाई सभ्य बनाउँदैछ । हो, बाँदर रिसालु हुन्छ सायद मान्छे जति क्रुर नहोला भन्ने पनि लाग्छ । यो आपैmँमा दयाको खानी पनि हो । यसले प्रेम र घृणा दुवै कुरालाई बोध गर्न जान्दछ ।

प्रकृतिले प्राणीलाई आवश्यक ठानेर सृष्टि गर्छ र आवश्यकता पूरा भएको मानेर सन्तुलनका लागि संहार गर्छ । सबै जीव, वनस्पति, रुखबुटा, झारपातको रचना मान्छेको नियन्त्रण बाहिर छ । पानी पर्ने, हावा चल्ने, खडेरी हुने, पानीका मुहान सुक्ने या त भनौँ प्रकृति चक्रलाई सन्तुलित पार्ने नपार्ने त्यो प्रकृतिको इच्छा हो जसमा मान्छेले केही खलबल मच्चाउला तर ऊभन्दा शक्तिशाली बन्न सक्दैन । मान्छेले जीवमाथि, प्राणीमाथि अत्याचार गर्छ । गाडीभित्र अटेसमटेस हुने गरी भैँसीलाई कोच्छ, नेपाल–भारततिर गाईगोरु चाहिँ धार्मिक आस्थाका कारण अलिक त्यो पीडामा क्रुरता भोग्नबाट जोगिएका हुन्छन् । सिङ र पुच्छर दुवै बाँधिएका मुन्टो भाँच्चिने गरी गाडीमा अप्ठ्यारो अवस्था र पीडाको पराकाष्ठा भोग्न विवस भैँसीका पाडाले सडकमा उत्रेर आन्दोलन गर्न सक्दैनन् । मान्छे भन्ने नाम दिइएको यो प्रकृतिको एउटा अत्यन्तै भयानक राक्षसको ज्यादतिमा निरीह प्राणी बेशब्द कष्टको आँसु बहाउँछन् । तिनका वेदना खोलाको गीत हो । तिनको निरीह रोदन केवल एक्लो एकलासको पीडाको क्रन्दन मात्र । ओहो ! मान्छे कति निर्दयी बन्छस् । बरु यसका लागि अब रक्तकालिकाको अवतार मात्रै आवश्यक छ । अन्यथा नहोस्– आज मान्छेले प्राणी माथि क्रुरताको पराकाष्ठामा अत्याचार गरिरहेको छ । तपाईँ नौबीसेदेखि उकालो लाग्दै गर्दा ट्रकमा कोचिएका भैँसीलाई नियाल्नुहोस्, गाडिको डिकि र छतमा ठोसिएका बाख्राको कहालीलाग्दो पीडालाई एकछिन आपैmँसँग तुलना गरेर नियाल्नुहोस् । आपूmलाई तिनको अवस्थासँग दाँजेर त हेर्नुहोस् । तपाईँलाई आपैmँसँग घृणा लाग्नुपर्छ । आफ्नो बौद्धिकताको बलात्कारसँग दिक्क लाग्नुपर्छ ।

एकपटक एउटा स्थानमा सबै सर्पहरूलाई मार्ने अभियान चलाइयो । सबै सर्पहरू मरे । त्यसको एक महिना पुग्दा नपुग्दा त्यहाँका मानिसहरू भकाभक बिरामी हुन थाले । सबै सोत्तर भए । तब, अनुसन्धान टोलीले अनुसन्धान ग¥यो । निष्कर्ष निस्कियो– सर्प, बिच्छी, माकुरा जस्ता जीवले त्यहाँका विषाक्त तŒवलाई आपूmले ग्रहण गर्दा रहेछन् । फलतः त्यहाँको प्राकृतिक सन्तुलनमा तिनको भूमिका रहँदो रहेछ र मान्छेले पनि आनन्दले बाँच्न पाएका रहेछन् । सर्पहरू सबै मारिएपछि त्यो विषाक्त चीजलाई मान्छेले ग्रहण गर्न सकेन र मान्छे भन्ने प्राणी सोत्तर भए । सत्य त यो हो कि– हरेक प्राणीले यो धर्तीमा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउनुपर्छ । यो पृथ्वी मान्छेलाई मात्र बनाइएको कसैबाट अंशवण्डा गरेर पाएको रैकर होइन । कसैको जिजुबाको दाइजो होइन । यो प्रकृति मान्छेका लागि मात्र दिइएको पेवा होइन । यसमा हरेक प्राणीको उत्तिकै अधिकार हुनुपर्छ । सर्वश्रेष्ठ प्राणीका रूपमा यो सृष्टिले मान्छेलाई यसकारण बनायो ताकि उसले सबै प्राणीलाई न्यायिक व्यवहार गरोस् । सबै प्राणीमाथि दया राखोस् । सबैलाई प्रकृतिको उपहार सम्झेर व्यवहार गरोस् ।

लैनसिंह वाङ्गदेलले ‘लङ्गडाको साथी’ उपन्यासमा उक्त उपन्यासका पात्र लङ्गडो र कुकुरको कारुणिक सम्बन्धलाई देखाएका छन् । कुकुरले असहाय लङ्गडालाई सहयोग ग¥यो । लङ्गडाले कुकुरलाई सहयोग आफ्नै अभिन्न मित्र मान्यो । यो अतियथार्थताभित्र उपन्यासकारले मानवीय क्रुरता देखाउँदा सग्ला मान्छेसँग घृणा लाग्छ । कथानकको अन्तमा अचानक कुकुर हराउँदा लङ्गडोले पीडा कारुणिक लाग्छ । अन्त्यमा कुकुर मरेको दश महिनापछि लङ्गडो र कुकुरको अस्थिपञ्जर एकै ठाउँमा जोडिएको देखाउनुले प्राणीको प्रेमको वास्तविकता बोध हुन्छ । कुनै पनि प्राणीलाई भोकभोकै बाँधेर राख्ने, आफ्नो स्वार्थ र सोखका लागि मान्छेले स्वतन्त्र आकाशमा, प्रकृतिमा विचरण गर्नुपर्ने सुगालाई पिँजडाभित्र राख्छ– आखिर तिनलाई न्याय कसले दिने ?मानिस कुन अवस्थासम्ममा अपराधी हो ? यदि अपराध गर्छ भने सजाय कसले दिने ? सबै सुगाका नेता, भैँसीका नेता, बाँदरका नेता मिलेर चक्का जाम गर्न मिल्ने भए, अदालतमा गएर मुद्दा दायर गर्न मिल्ने भए सायद कुरा अर्कै हुन्थ्यो ।

पारिस्थितिक पद्धति सञ्चालन, खाद्यचक्र सञ्चालनमा हरेक प्राणीको आवश्यकता उत्तिकै हुन्छ । प्रकृतिले आवश्यक वस्तु र जीवको उत्पत्ति गर्छ तर मान्छेले त्यसमा खलबल मच्चाइरहन्छ । प्रकृतिले सन्तुलन गराउन चाहन्छ तर मान्छे असचेत बनेर स्वार्थको पोको बोकेर दगुर्छ । पैसाको लालसामा मान्छे अन्धो बनेको छ । प्रकृति, जीव र भोलिको सुन्दर पृथ्वीको परिकल्पना– आजका मान्छेलाई वास्तै छैन । हामी आजकै लागि मात्र सोचेर बाँच्न जान्दछौँ । यो पृथ्वीमा सबै प्राणीका लागि सन्तुलित जीवन जिउने गरी व्यवस्थापन गर्ने, प्रकृतिलाई हानी नहुने र सबैको हीत हुने गरी सोच्नु मानिसको महानता हुनेछ । आजको वैज्ञानिक युगमा यत्तिका धेरै उन्नति गरेको मान्छेले अब प्राकृतिक सन्तुलन र हरेक प्राणीको संरक्षण तथा सकारात्मक व्यवहारका बारेमा पनि सोच्नुपर्छ । मान्छेले सबै प्राणीको अभिभावकत्व बोध गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics