नेपालगञ्जमा यो वर्षको उच्च तापक्रम सँगै ‘लु’

नेपालगञ्जमा यो वर्षको उच्च तापक्रम मापन गरिएको छ । एक साता देखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ ।

शनिवार दिउसो नेपालगञ्जको तापक्रम ४३ दशमलव ५ डिग्री सेलसियसमा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको वर्ष नेपालगञ्जमा वैशाख २६ गतेको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस थियो । पानी नपर्दा नेपालगञ्जसहित देश भरी कै तापक्रम बढेको हो ।

त्यस्तै आज नेपालगञ्जको तापक्रम ४१ दशमलव ५ डिग्री सेलसियसमा मापन गरिएको छ । बढ्दो तापक्रमले गर्दा नेपालगञ्जमा लु फैलिएको छ ।जसको कारणले जनजीवन प्रभावित बनेको छ ।

देशको अधिकांश भूभागमा तापक्रम बढ्दै गएको छ भने यसको क्रम निरन्तर रूपमा अघि बढ्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics