महाभूकम्पको अफवाह फैलाउने ‘ज्योतिषी’ पक्राउ

 

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा अफवाह फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics