काठमाडौं महानगरपालिकाको वातावरण र्‍याली

 

वातावरणीय प्रदर्शनी र जागरणमुलक र्‍याली आयोजना गरेर काठमाडौंमा ४५ औं विश्व वातावरण दिवसका कार्यक्रम शुरु गरिएका छन् ।

फोहोर व्यवस्थापनमा आवद्ध निजी तथा गैरसरकारी संघ संस्थाको संयुक्त आयोजनामा राष्ट्रिय सभा गृहबाट निकालेको चेतनामुलक ¥याली भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँ सडकहुँदै बसन्तपुर पुगेको थियो । उक्त र्‍याली बसन्तपुर पुगेपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वातावरणीय प्रदर्शनी शुभारम्भ गरेका थिए।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्य सबै मिलेर मात्रै वातारणीय अवस्थामा सुधार ल्याउन सकिने बताए । उनले भने ˊएकाथरी सुधारको प्रयासमा लाग्ने अर्को थरी निष्फिक्री फोहोर बाहिर निकाल्ने हो भने सुधार गर्न कठिन छ ।ˋ

उनको अनुसार आफूले जानेको कुरा कार्यान्वयन गरिदिए मात्र पनि सहरी वातावरण सुधारमा ठूलो सहयोग हुनेमा जोड दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेका अनुसार राम्रो काम गर्ने निजी क्षेत्रलाई प्रवर्धन गर्न सके परिणाम ल्याउन सजिलो हुने धारणा व्यक्त गरे । काम गर्ने शैलीमा केही परिवर्तन गरेपछि नयाँपनको महसुस हुन्छ ।

उक्त कार्यक्रममा बोल्दै वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहोर जथाभावी फाल्ने संस्कृतिको अन्त्यका लागि कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics