तीन दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना

बिहीबार साँझ सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसममा बदली हुने क्रम अहिले पश्चिम र मध्य क्षेत्र हुँदै पूर्वमा समेत सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी ३ दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको समेत सम्भावना रहेको स्पष्ट पारेको छ।

यस्तो छ आगामी तीन दिन सम्मको मौसम पूर्वानुमान :

जेष्ठ २४ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी भूभागमा सामान्य वदली रहने र मध्य र पश्चिमी भू भागका आंशिक देखि सामान्य वदली रही पश्चिमी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरि मेघ गर्जन सहित वर्षाको सम्भावना छ। देशका उच्च हिमालि भेगका केहि स्थनहरुमा हल्का हिमपातको संभावना छ ।

राति: देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोेरै स्थानमा मेघ गर्जन हावाहुरि सहित वर्षाको सम्भावना छ।

जेष्ठ २५ गते (शनिवार):

दिउँसो: देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २६ गते (आईतवार)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics