कञ्चनजंघा आरोहणको ७०औं वर्ष : हिमालको प्रचार गर्न हिरक महोत्सव

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो शिखर कञ्चनजंघा हिमालको सफल आरोहण भएको ७०औं वर्षको अवसर पार्दै कञ्चनजंघा क्षेत्रमा हिरक महोत्सव गर्ने तयारी भएको छ । उक्त महोत्सवलाई कञ्चनजंघा महोत्सव नामाकरण गरिएको छ ।

आगामी वर्ष २०८२ बैशाख ५ गतेदेखि ७ गतेसम्म ३ दिन विभिन्न कार्यक्रमका साथ महोत्सवको आयोजना गर्न लागिको आयोजक कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जानकारी दिएको छ । आइतबार विहान सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मनोरञ्जनात्मक र जनचेतनामुलक कार्यक्रम गर्दै महोत्सव गर्न लागेको जनाएको हो ।

महोत्सवको मुख्य उद्देश्य ताप्लेजुङ जिल्लाको पर्यटन विकासका साथै कञ्चनजंघा संरक्षण क्षेत्रलाई राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा पर्यावरणीय पर्यटकीय क्षेत्रको रूपमा प्रवद्र्धन गर्ने रहेको छ ।

कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद प्रमुख आयोजक भएर सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरूलाई समेटी उक्त कार्यक्रम आयोजना गर्ने योजना प्रस्ताव गरिएको छ । महोत्सव कार्यक्रम सफल बनाउनको लागि केन्द्र, प्रदेश, स्थानीय सरकार, समृद्ध पहाड र अन्य संघ–संस्थाहरूका साथै दातृ निकायहरूलाई सहकार्यको लागि आयोजकले आह्वान पनि गरेको छ ।

महोत्सवका कार्यक्रमहरू फक्ताङलुङ गाउँपालिका ६, लेलेपमा हुनेछन् । महोत्सव अवधिभर स्थानीय समुदायहरुको संस्कार संस्कृती झल्कने साँस्कृतिक कार्यक्रमहरू प्रर्दशन र प्रवद्र्धन गर्ने, स्थानीय उत्पादीत वस्तुहरू र परम्परागत खाद्यपरिकार प्रदर्शन प्रवद्र्धन गर्ने, स्थानीय र राष्ट्रीय कलाकारहरूबाट मानोरन्जनात्मक साँस्कृतीक कार्यक्रम सञ्चालन गर्ने आयोजकले तयारी गरेको छ ।

यस्तै पालिकास्तरीय भलिवल खेल खेलाउनुको साथै कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेको पर्यटकिय क्षेत्रहरुमा पदयात्राको गराउने समेत तयारी भएको छ । कन्चनजंघाको बारेमा विज्ञ टेलीबाट प्रस्तुतीकरण र कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेको पर्यटकिय क्षेत्रहरुको फोटो÷भिडियो प्रदर्शनीलाई पनि आयोजकले कार्यक्रम सूचिमा राखेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics