दुई हप्तामै ३ पटक सगरमाथाको आरोहण गर्ने पूर्णिमा ‘सीएनएन’ को सूचीमा

काठमाडाैं । दुई हप्तामै तीन पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा परेकी छन् ।

पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’ को सूचीमा परेकी हुन् ।

एकै याममा तीन पटक सगरमाथा आरोहण गर्ने उनी विश्वकै पहिलो महिला आरोही हुन्। फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले गएको मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गरेकी थईन् ।

पूर्णिमा सातौँ अग्लो हिमाल धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । उनले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग धौलागिरि आरोहण गरेकी थिइन् ।

सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै पूर्णिमाले गौरवान्वित महसुस गर्दै सन् २०२४ आफ्नो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताएकी छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics