चितवन:वन्यजन्तुको आक्रमणबाट १२जनाको मृत्यु

चालु आर्थिक वर्ष २०७५–७६मा मात्रै वन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा अनुसार वन्यजन्तुको आक्रमणबाट १२ जना व्यक्तिले ज्यान गुमाएका हुन ।

यस निकुञ्जमा सबैभन्दा धेरै हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल धिमिरेका अनुसार हात्ती, बाघ र गैँडाको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन्।

यस निकुञ्जमा सबैभन्दा धेरै हात्तीको आक्रमणबाट मृत्यु भएको पाहिएको छ ।हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै बाघको आक्रमणबाट तीन जना र गैँडाको आक्रमणबाट तीन जनाको मृत्यु भएको हो।चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

गत आर्थिक वर्ष चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा गत वर्षपनि गैँडा, हात्ती ,बाघ र चितुवा जस्ता मानव र वन्यजन्तुमा आधारित घटनाहरू भएको पाइएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics