हात्तीको आक्रमणबाट एक जनाको मुत्यु



सुनसरीमा हत्तीको आक्रमण बाट १ जनाको मृत्यु भएके छ भने १ एक जना घाइते भएका छन्।

गएराति साढे १० बजे हात्तीले आक्रमण गर्दा कोशी गाउँपालिका –८ भन्टाबारी बस्ने ६० वर्षीय मोहमद सद्रुल मियाँको मृत्यु भएको हो। ३८ वर्षकी छोरी नेहरुल खातुनको घर नजिकै रहेको केराबारीको हेरचाह गर्न जाने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षणबाट ४र ५ वटाको समूहमा निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो।

आक्रमणबाट घाइते भएका बाबुछोरीलाई सीमा प्रहरी चौकी भन्टाबारीको प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल इनरुवा पठाएको थियो। उपचारका क्रममा मियाँको राति पौने ११ बजे मृत्यु भएको हो।

घाइते छोरीको सोही अस्पतालमा उपचार भइरहेको छ।

उक्त जंगली हात्तीलाई प्रहरी र स्थानीयको सहयोगमा वन्यजन्तु आरक्षण केन्द्रतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics