वन्यजन्तु पीडितलाई ६ करोड राहत

A+ A-



नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/७६मा मात्रै ६ करोड भन्दा बढी वन्यजन्तु पीडितलाई राहत वितरण गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वन्यजन्तु पीडितलाई वैशाख महिना सम्म रु ६ करोड १० लाख ८३ हजार ४सय २४ रुपैयाँ राहत वितरण गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठका अनुसार यो आर्थिक वर्षको पीडितलाई राहत माघ महिना देखि वितरण गरिएको थियो । श्रेष्ठले वन्यजन्तुबाट हुने क्षतीको राहत सहयोग निर्देशिकाको तेस्रो संशोधनको पक्रियाले गर्दा राहत वितरणमा ढिलाइ भएको जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै .वन्यजन्तु पीडित रहेको पाहिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा राहत वितरण भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतीको राहत स्वरूप वन्यजन्तु पीडितलाई रु १करोड ९७ लाख ४५ हजार ७१ वितरण गरिएको जनाएको छ।

त्यस्तै सबैभन्दा कम राहत लाङटाङ राष्ट्रिय निकुञ्जमा वितरण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा रु १लाख ७८ हजार पाँच सय रुपैयाँ वितरण भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा रु ३९ लाख ६८ हजार ९ सय २७ रुपैयाँ वन्यजन्तु पीडितलाई वितरण गरेको छ ।यस्तै, बाँके राष्ट्रिय निकुञ्जमा रु ५२ लाख ४६ हजार ७ सय १७ वन्यजन्तु पीडितलाई राहत वितरण गरिएको छ।रारा राष्ट्रिय निकुञ्जमा रु ४ लाख ५३ हजार ३० रुपैयाँ राहत वितरण भएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जमा ३९लाख ९० हजार ५ सय १९ रुपैयाँ वितरण भएको छ।मकालु वरुण राष्ट्रिय निकुञ्जमा २लाख ७९ हजार ६सय ३९ रुपैयाँ वन्यजन्तु पीडितलाई वितरण गरिएको छ।

खप्तड राष्ट्रिय निकुञ्जमा रु ७ लाख ४७ हजार २ सय पाँच रुपैयाँ वन्यजन्तु पीडितलाई वितरण गरिएको छ।त्यसै गरी शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जमा ५९ लाख ३१ हजार १ सय ६७ रुपैयाँ वन्यजन्तु पीडितलाई राहत वितरण गरेको छ।

शे– फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा २ लाख रुपैयाँ राहत वितरण गरिएको छ।त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जले वन्यजन्तु पीडितलाई २ लाख ९९ हजार ७ सय ३० रुपैयाँ राहत वितरण गरिएको छ।

शुक्लाफाँट राष्ट्रिय निकुञ्जका अनुसार वन्यजन्तुपिडितलाइ १० लाख ७८ हजार २९ रुपैयाँ वितरण गरिएको छ।त्यसै गरी कोशीटापु वन्य जन्तु आरक्षमा १ करोड २६ लाख ३४ हजार ९ सय ४ रकम वितरण भएको छ।

ढोरपाटन सिकार आरक्षमा १४ लाख ४४ हजार रकम वन्यजन्तु पीडितलाई राहत वितरण गरिएको छ।त्यस्तै अन्नपपुर्ण संरक्षण क्षेत्र ३३ लाख १२ हजार २ सय १९ रकम वितरण भएको छ । मनास्लु संरक्षण क्षेत्रमा ४ लाख ३६ हजार रकम वितरण गरिएको छ।

अपीनाम्पा संरक्षण क्षेत्रमा ९ लाख ३७ हजार ८ सय ६७ रकम वितरण गरिएको छ। कृष्णसार संरक्षण क्षेत्रमा १ लाख ९९ हजार ९सय रकम वितरण गरिएको छ।

गौरीशंकर र कञ्चनजङगा संरक्षण क्षेत्रमा भने वन्य जन्तु पीडित राहत रकम वितरण भएको छैन।

यो आर्थिक वर्ष मात्र वन्यजन्तुको आक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन्। पछिल्लो समयमा पनि वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुने क्रम रोकिएको छैन ।

यसले मानव र वन्यजन्तुबीचको द्धन्द्धको स्थिति झन् गम्भीर बनाएको छ । क्षतिको राहत सहयोग निर्देशिकाको दोस्रो संशोधन २०७४ अनुसार सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको परिवारलाई क्षतिपूर्तिबापत १० लाख रुपैयाँ दिने व्यवस्था गरेको छ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाको दोस्रो संशोधनमा सख्त घाइतेको प्रकृति हेरी प्रषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा रु दुई लाख सम्मको उपचार खर्च दिने व्यवस्था गरिएको थियो ।

मन्त्रीपरिषदबाट वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाको तेस्रो संशोधनमा वन्यजन्तुबाट घाइते हुनेलाई औषधी उपचार गर्दा दुई लाख भन्दा बढी खर्च लागे यस्तो अवस्था नजिकको जुनसुकै अस्पतालमा आकस्मिक (ईमरजेन्सी) उपचार गराउँदा वा अस्पतालको सिफारिसमा नेपाल सरकारले व्यहेर्ने निर्णय भएको छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका दोस्रो संशोधन ,२०७४ अनुसार पशुधनको क्षती , घर/गोठ क्षती , खाद्यान्न बालीको क्षती र खाद्यान्न बनलीको क्षतीको लागि राहत दिने व्यवस्था रहेको छ ।

घर/गोठ क्षती र खाद्यान्न बालीको क्षतीका लागि १० हजार रुपैयाँ सम्म दिने व्यवस्था रहेको छ ।त्यस्तै पशुधनमा वयस्क भैंसी वा जोत्ने उमेरको राँगो वा गोरु वा उन्नतजातको गाई वा साँडेको मृत्यु भएमा रु तीस हजार रुपैँया सम्म दिने व्यवस्था छ ।

अन्य पशुको लागि वस्तुभाउको प्रकार हेरी प्रेषित कागजात र सिफारिसका आधारमा बढीमा रु. दश हजार सम्म दिइने उल्लेख छ । तर पशुधनको बिमा गरेको अवस्थामा बिमा रकम कटाएर राहत उपलब्ध गराइने उल्लेख गरिएको छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका दोस्रो संशोधन २०७४ ले क्षतिपूर्ति लिनका लागि विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था गरेको छ ।निवेदनसँगै मारिएका पशुको तस्बिर, घटनास्थलको सर्जि्मिन मुचुल्का, मध्यवर्ती उपभोक्ता समिति वा संरक्षण क्षेत्र व्यवस्थापन उपभोक्ता समिति वा परिषद् वा सामुदायिक वन उपभोक्ता समितिको सिफारिस, गाउँ वा नगरपालिकाको सिफारिस र पशु वा कृषि सेवा प्राविधिकको मूल्याङ्कन प्रतिवेदन बुझाउनुपर्छ।

क्षतिपूर्ति लिने प्रक्रिया निकै झन्झटिलो भएको गुनासो वन्यजन्तु पीडितको रहेको छ । क्षतिपूर्ति लिने प्रक्रिया निकै झन्झटिलो भएको कारण धेरै जना पीडितले राहत पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics