सप्तकोसी नदीमा पानीको बहाव बढ्याे, ३५ वटा ढोका खुल्ला
- नेचर खबर

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ ।
बुधबार साँझदेखि कोसी ब्यारेज भएर बग्ने यस नदीको पानीको बहावमा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
राति १०ः०० बजे गरिएको मापनअनुसार दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
यसअघि राति ८ः०० बजेको मापनअनुसार नदीमा दुई लाख ४८ हजार २०० क्युसेक प्रतिसेकेन्ड बहाव रहेको थियो ।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएका छन् भने खतरास्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस