यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

आज दिउँसो देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पुर्व तथा मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानको विवरण निम्न छन्।

असार ६ गते (शुक्रवार)

दिउँसो: देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ | पुर्व तथा मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने, पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

असार ७ गते (शनिबार)

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने, पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics