मनसुनी गतिविधि कमजोर बन्दै, केही क्षेत्रमा मात्रै ठुलो पानी पर्ने

A+ A-



मनसुनी गतिविधि कमजोर बन्दै गएकोे छ । यद्यपि अझै एक-दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविद्ले बताएका छन् ।

मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।
हाल देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महासाखका अनुसार मनसुन न्यून चापिय रेखा दक्षिण सर्दै गएकाले अब धेरै पानी नपर्ने जनाएको छ । त्यस्तै न्यून चापिय रेखा नेपालबाट बिस्तारै दक्षिण सर्दै गएको छ, त्यसले अब धेरै पानी पर्ने क्रम हुँदैन ।

अहिले मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा केही तल छ । जसको कारण मनसुनी गतिविधि देशभर कम सक्रिय छ ।

यद्यपि मङ्गलवार दिउँसो पहाडी र तराईका १-२ स्थानमा तथा राति पूर्वी तथा पश्चिमी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साउन १ गते बुधवार राति पूर्वी क्षेत्रका एक-दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics