कालापत्थरमा फेसन शो गरेर विश्व कीर्तिमान



नेपाल आयोजना गरिएको कालापत्थरमा फेसन शो विश्व कीर्तिमान रेकर्ड राखेको छ ।

आइतबार कालापथ्थरको ५६४४ मिटर उचाईमा गरिएको फेसन शोले विश्व कीर्तिमान कायम राख्न सफल भएको हो । गिनिज बुक अफ लि वल्र्ड रेकर्डले यसलाई सबैभन्दा अग्लो अल्टिच्युड फेसन शोको मान्यता दिइको छ ।

जलवायु परिवर्तनको प्रभाव र संसारभर नेपालको प्राकृतिक सुन्दरता प्रदर्शन गर्ने उद्देश्यले सगरमाथा क्षेत्रमा फेसन शो गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सहयोगमा आरबी डायमन र कासा फेसनले कालापत्थरमा फेसन शो आयोजना गरेको नेपाल पर्यटन बोर्डल जनाएको छ ।

नेपाल पर्यटन बोर्डकाअनुसार ‘द माउन्ट एभरेष्ट फेसन रनवे’ नाम दिइएको फेसन शोमा नेपाल, फिनल्याण्ड, इटाली, श्रीलंका र सिंगापुरबाट मोडलहरु सहभागी थिए । यसको ‘मोडल्स जर्नी टू कालापथ्थर’ नामक टेलिभिजन शो समेत निर्माण गरी विश्वभर प्रदर्शन गर्ने योजना छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics