‘सिमसार र जैविक विविधता ‘

A+ A-


चितवन राष्ट्रिय निकुन्जको बीस हजारी ताल


आज फ्रेबुअरी २— विश्व सिमसार दिवस । 'सिमसार र जैविक विविधता' नारासहित  विश्वभर नै विश्व सिमसार दिवस मनाइदैछ । विश्व सिमसार दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले पोखरामा विशेष कार्यक्रम आयोजना गरेको छ।

सिमसार र जैविक विविधता एक अर्कामा सम्बन्धित छन् । १ अर्ब मानिसको जीविकोपार्जनमा सिमसारले प्रत्यक्ष प्रभाव पारेको छ ।उनीहरूको जीवनयापन सिमसारमा निर्भर छ ।

नेपाल कृषि प्रधान मुलुक भएकाले विकास र समृद्धिमा सिमसार क्षेत्रको विशेष महत्व छ। पर्यटकलाई आकर्षित गर्ने र आदिवासी, जनजाति र पछाडि परेका समुदायको लागि पनि सिमसार क्षेत्र महत्त्वपूर्ण मानिएको छ । सिमसारको पानीलाई सिंचाई ,जलविद्युत र खानेपानीको रूपमा प्रयोग गर्न सकिन्छ ।

वन्यजन्तु, वास्थान र वनस्पतिको लागि पनि सिमसारले ठुलै महत्व राख्छ । सिमसार क्षेत्र जैविक विविधताको दृष्टिकोणले अति महत्वपूर्ण र संवेदनशील क्षेत्रको रूपमा लिन गरिन्छ । पानीमा भएका दुषित र फोहोर पदार्थहरु शोसेर लिने र सफा पानी बनाउनमा सिमसार क्षेत्रहरुले महत्त्वपूर्ण भूमिका निभाउने भएको हुँदा सिमसार क्षेत्रलाई पृथ्वीको मृगौला पनि भनिन्छ ।नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएको हुनाले यो रणनिति सन् २०१६ देखि २०२४ सालसम्म कार्यान्वयनमा आउनेछ ।

रामसार सूचीमा सूचीकृत भएको सिमसारलाई संघीय सरकारमा राख्ने र अरु सिमसारलाई स्थानिय र प्रदेशमा राख्ने जस्ता योजना बनाउन सकिए सिमसारको दीर्घकालिन रूपमा संरक्षण गर्न सकिने मन्त्रालयले विश्वास लिएको छ । रामसार महासन्धी मार्ग दर्शन अनुसार रामसार रणनितिक योजना ९२०१६–२०२४० सिमसारमा काम गर्ने सरकार, संस्था र विज्ञहरुले छलफल गरेका छन् ।सन् २०१६ मा पोखरा उपत्यकाभित्रका फेवाताल, वेगनास, रूपा, कमलपोखरी, खास्टे, गुदे, निउरेनी, दिपाङ र मैदी लगायतका नौ ओटा ताललाई सामूहिक रूपमा रामसार क्षेत्रमा सूचीकृत गरेको थियो।

मान्छेले जानेर वा नजानेर सिमसार क्षेत्र अतिक्रमण गर्दै आएका छन् । विकास निर्माण कार्यबाट सिमसार सुक्ने र नाश हुने क्रम जारी छ । नेपाल सन १९८८ मा रामसारको सदस्य राष्ट्र भएको थियो।कोशिटप्पु वन्यजन्तु आरक्षण नेपालको पहिलो रामसारमा सूचीकृत हुनेमा पर्छ । हाल नेपालका १० वटा सिमसार क्षेत्र रामसारमा सूचीकृत भइसकेका छन् । पछिल्लो पटक पोखराका ९ वटा ताल रामसारमा सूचीकृत भएको हो।

नसंख्या वृद्धि, बसाइँ–सराइ र सहरीकरणका कारणले सिमसार क्षेत्रहरू दोहोरो चापमा परेका छन् । भूमिगत पानी बढी प्रयोग गर्नाले पानीको सतह तल गएको अवस्था छ । घर, भवन, बाटो र बस्ती बढ्नाले आकाशको पानी जमिनमुनि जानुपर्नेमा सतहमा भेल बग्ने हुँदा बाढी–पहिरोको समस्या बढ्दै गएको छ । आफ्नो टोल र सहरलाई सफा, हराभरा र समृद्ध बनाउने हो भने घर वरपर र टोलछिमेकमा रहेका स–साना किन नहुन्, तालतलैया, पोखरी, कुवा, कुलो, पैनी, खोला र खोल्सी संरक्षण गर्नुपर्ने हुन्छ । सहर क्षेत्रको पूर्वाधार विकास गर्दा पनि पूर्वाधारले पानीको स्रोत र यसको दिगोपनमा नकारात्मक असर नपुराओस् भनी पर्याप्त ध्यान दिने र सानोतिनो असर परी नै हाल्यो भने पनि सिमसार क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन वातावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने हुन्छ ।

स्थानीय समुदायले सिमसार संरक्षणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिमसार क्षेत्रलाई सबैका लागि र सधंैका लागि चासोको विषय अर्थात् दिगो सहरी भविष्यका लागि सिमसार क्षेत्रको दिगो संरक्षण र व्यवस्थापन बुद्धिमतापूर्ण प्रयोगको वातावरण सिर्जना गर्नु आजको टड्कारो आवश्यकता भएको छ । सिमसारको प्रकृति अनुसार संघ, प्रदेश र स्थानीय सरकारलाई अलग–अलग रणनीति तयार गरेर सरोकारवालाबीच समन्वयका साथ काम गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics