ताप्लेजुङमा चितुवाको छाला सहित पक्राउ




प्रहरीले ताप्लेजुङबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छाला २ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics