लकडाउनपछि चितवन राष्ट्रिय निकुञ्जमा अवैध गतिविधि बढ्यो



चितवन राष्ट्रिय निकुञ्ज र त्यसवरपर निषेधित गतिविधि गर्ने ९० जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गर्दै निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणले निकुञ्ज र त्यसवरपर निषेधित कार्य गर्नेहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा राप्ती नगरपालिका ६ बस्ने ५४ वर्षीय आइतराम राई (चतुरे) लगायत छन् । राई गैंडाको खाग तस्करी कसूरमा १० वर्ष कैद सजाय भुक्तान गरेका व्यक्ति हुन् ।

राज्यको ध्यान एकातिर मोडिएको बेला अपराधीहरूको ध्यान अपराधमा केन्द्रित देखिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

नेपाली सेनाले पनि एरिया डोमिनेशन तथा शंकास्पद स्थानमा चेकिङ्ग गर्दै स्विप, सर्च, स्पेशल एण्टिपोचिङ्गलगायतका अपरेसनमा तीव्रता दिएको जनाएको छ । निकुञ्ज सुरक्षाको लागि ड्रोनको समेत अधिकतम प्रयोग गरेर निरन्तर निगरानी गरेको सेनाको भनाइ छ ।पक्राउ परेका सबैलाई निकुञ्ज प्रशासनमा बुझाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics