काठमाडौंमा चितुवाको आक्रमणबाट पाँचजना घाइते



काठमाडौंमा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।चितुवाको आक्रमणबाट काठमाडौं चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, माहेदेवस्थानमा बुधबार पाँचजनालाई घाइते बनाएको हो ।

लकडाउनको समय चन्द्रागिरी नगरपालिकामा स्थानीय बस्तीमा चितुवा प्रवेश गरेर आक्रमण गरेको यो पहिलो पटक हो ।

चन्द्रागिरी नगरपालिकाको प्रवक्ता हरि भक्त महर्जनले स्थानीयलाई आक्रमण गरेर उक्त चितुवा नियन्त्रण बाहिर भाग्ने क्रममा ठोकिएर मरेको जानकारी दिए ।



चितुवाको शवको मुचुलका उठाएर आवश्यक पक्रिया अघि बढाएको महर्जनले बताए । चितुवालाई स्थानीय द्वारा ढुङा प्रहार गरि हत्या गरेको श्री हरि थापाले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics