लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने

सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने तयारी गरेको छ । कोभिड(१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको हो ।

भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको छ । कार्यदलले मन्त्रिषरिषद्मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले बताए ।

देशका विभिन्न स्थानमा कोरोना संक्रमण देखिइरहेको र संक्रमितको मृत्युसमेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको उनले जानकारी दिए ।

लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरे पनि निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनको कुनै विकल्प नभएको निष्कर्ष निकालिएको बताए । चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ । विभिन्न चार चरणमा लकडाउन थप गरिसकिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics