समुन्द्री आँधी ‘अम्फुन’ प्रभाव सुरु

दक्षिण बंगालको खाडीको मध्य भागमा उत्पन्न शक्तिशाली समुन्द्री आँधी ‘अम्फुन’ को प्रभावले नेपालको मौसममा असर पारेको छ ।

आँधीको प्रभावले नेपालमा पनि हावाहुरी, चक्रवात, असिना, चट्यांग आदिको खतरा भएकोले सजग हुन मौसमविदले आग्रह गरेको छ ।

आगामी ३ दिन देशका धेरै स्थानमा बदली भई केहि स्थानमा हल्का बर्षा हुन सक्ने मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

हाल देशको पूर्व र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू–भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मगलबार दिउँसो देशको पूर्व र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू–भागका केही स्थानहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती देशको पूर्व, मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी भू–भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। मध्य तथा पूर्वी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics