पर्यटन विकेन्द्रीकरणको अवसर

A+ A-



देश अहिले कोरोनाको कहरबाट आक्रान्त छ । आर्थिक श्रोतहरु संकुचित हुँदै गएका छन् । आयातभन्दा निर्यात बढ्दो क्रममा छ । कृषि उत्पादन एबं उत्पादकत्व घट्दो अवस्थामा छ । विदेशी मुद्रा एबं अर्थोपार्जनको लागि तुलनात्मक फाइदाको क्षेत्र पर्यटन ब्यवसाय सबैभन्दा बढी प्रभावित छ । पर्यटन व्यवसायमा संलग्न खासगरी निजि क्षेत्र देश बन्दाबन्दि संगसंगै घरभित्रै खुम्चिएको अवस्थामा छ । पर्यटन पेशासंग आवद्ध कैंयौं कामदारहरुको रोजगार गुमिसकेको छ । होटल र यातायात लगायत पर्यटनको लागि अत्यावश्यक सेवा तथा सुबिधारु सबैजसो बन्द छन् । पर्यटनसंग प्रत्यक्ष वा परोक्षरुपमा जोडिएका पर्यटकीय गन्तब्य स्थलका स्थानीय युवाहरु बैकल्पिक कामको खोजी गर्नुपर्ने अवस्थामा पुगेका छन् । कोरोना पश्चातको “नयाँ सामान्य अवस्था“ आउँछ र पर्यटन उद्योग पनि नयाँ तरिकाबाट विकास हुनेछ भन्ने आशाकासाथ अहिले बन्दाबन्दिकै बिचमा पनि सरोकारवालाहरु डिजिटल बैठक मार्फत विभिन्न पर्यटकीय गतिविधिहरु संचालन गर्ने जमर्को गरिरहेका छन् । यो आलेख पर्यटन ब्यवसायलाई कोभिड १९ पछि कसरी पुनस्थापना गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित छ ।

अन्तरराष्ट्रिय पर्यटको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा ६०५ देखि ८० ५ले घट्ने कुरा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संस्थाले आंकलन गरेको छ । कोरोनाबाट प्रभावित हाम्रो जस्तो देशमा विश्वको प्रभाब पर्ने संभाबना निश्चित प्राय छ । तसर्थ कम्तिमा आगामी ६ महिना भित्र बाह्यपर्यटनको आशागर्नु हाम्रो लागि यथार्थपरक हुँदैन । तसर्थ तबसम्मको लागि भरपर्दो विकल्प भनेको आन्तरिक पर्यटन नै हो । आन्तारिक पर्यटनले केहि हदसम्म त पर्यटन व्यवसायीलाई राहत दिन सक्छ तर पनि बाह्यपर्यटकको अनुपस्थितमा भएको क्षतिलाई भने कुनै हालतमा पनि पुर्ती गर्न सक्दैन । बरु कोरोना भाइरसको संक्रमणको संभावना कम हुने बित्तिकै साथीभाई, इस्टमित्र, छरछिमेकीलाई भेट्ने लगाएत प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुमा रम्नको लागि घरबाट बाहिर निस्कने मानिसहरुको संख्या ह्वात्तै बढ्ने अनुमान गर्न सकिन्छ । कोरोनाबाट प्रभावित आर्थिक अवस्थालाई पुनर्ताजगी गर्नको लागि नेपालमा रहेका बिबिध प्राकृतिक एबं सांस्कृतिक सम्पदाहरु खासगरी लुम्बिनी, सगरमाथा, मुक्तिनाथ, रामजानकी मन्दिर, खप्तड, रास्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र केन्द्रित पर्यटन बिकासका गतिविधिहरु अगाडी बढाउनु आबश्यक छ ।

कोरोना संक्रमण पश्चातको पर्यटन व्यवसाय पुनस्थापना गर्नको लागि एसियाका विभिन्न राष्ट्रहरुले अपनाएको रणनीतिलाई समेत मध्यनजर गर्दै नेपाल सरकारले तत्कालिन, मध्यकालीन र दीर्घकालिन खालका योजनाहरु अगाडी सार्नु आबश्यक छ । तत्कालको लागि अबलम्बन गर्नुपर्ने योजनामा पर्यटन ब्यवसायी एबं स्थानीय सरोकारवालाहरुको आत्मविश्वास जगाउने खालका विभिन्न राहत कार्यक्रमहरु प्याकेजको रुपमा ल्याउनु पर्दछ । जस अन्तर्गत पर्यटकीय गन्तब्य क्षेत्र जस्तै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, आरक्षण क्षेत्र एबं सांस्कृतिक संपदा स्थल वरपर रहेका पर्यटनसंग प्रतक्ष वा परोक्ष रुपमा संबन्धित स्थानीय समुदायलाई लक्षित गरि स्वास्थ्य एबं सरसफाई संबन्धि क्रियाकलाप तर्जुमा गरि अभियानको रुपमा कार्यान्वयन गर्नु आबश्यक छ ।
उपलब्ध डिजिटल प्रविधिको उच्चतम प्रयोग गरेर गन्तब्य स्थल, पर्यटकीय गतिबिधि तथा सुबिधाहरुको कथा, कबिता, साना तथा मझौला उद्यमीलाई सरकारबाट उपलब्ध ऋण तथा अन्य सुबिधा प्राप्तिको प्रक्रियाबारे जनतालाई सुसुचित गर्ने खालका सुचना सामग्री तयार गरि सो को जानकारी स्थानीयस्तरमा प्रबाह गर्नु अत्याबश्यक छ । “देश दर्शन गर्नु“, “प्रकृतिको देन हाम्रो देश“, “संस्कृतिको अनुभब लिनु“, जस्ता स साना कथाहरु बनाइ नेपालका पर्यटकीय महत्वका क्षेत्र एबं आकर्षणलाई डिजिटल माध्यमबाट बाहिर ल्याउनु पर्दछ । ऋण लिएर पर्यटन ब्यवसाय संचालन गरेका उद्यमीहरूलाई ब्याज बुझाउने समयको सहुलियत दिने, उनीहरुको आफ्नो कामदार प्रतिको दायित्वमा साझेदारी गर्ने र ब्यबशायी एबं कामदारलाई क्षमता बिकासका बिभिन्न तालिमको व्यवस्था आदि सरकारले तत्काल गर्नु पर्दछ ।

कोरोनाबाट कम प्रभावित एसियाका केही राष्ट्रहरुले हाल अबलम्बन गरेका रणनीतिहरु हाम्रो लागि उपयोगी हुन सक्दछन । भियतनामले “भियतनामि जनता भियतनामको गन्तव्यमा“ अभियानलाई अगाडी बढाएको छ । यो कार्यक्रमले स्थान बिशेस अनुसारका पर्यटकीय उत्पादनको बिकास, प्रबर्धन तथा बजारीकरणमा जोड दिएको छ । आन्तरिक पर्यटन प्रबर्धनको लागि ट्राभल एजेन्सी, बायुसेवा, होटल आदिले सहुलियत दिएका छन् । थाइल्याण्ड आगामी जुलाईबाट आन्तरिक पर्यटन प्रबर्धनगर्ने तयारिमा जुटेको छ । फिलिपिन्सले सुरक्षित यात्राको लागि सरसफाई र शारिरीक दुरीको नियमनगर्दै आन्तरिक पर्यटन बिकासका योजनाहरु अगाडी बढाएको छ । भारतले आन्तरिक पर्यटन प्रबर्धनको लागि “देखो आपना देश“ को संदेश सहित हरेक दिनजसो “वेबिनार“ मार्फत आफ्नो देशका गन्तव्यहरूको बारेमा सुचना प्रबाह गर्ने गरेको छ । यसबाट यात्रुहरुलाई कोरोना सकिने बित्तिकै यात्राको लागि योजना बनाउन सहज हुने बिश्वास गरिएको छ। चीनले पनि आन्तरिक पर्यटनमा जोड दिने नीति अन्तर्गत क्यिध बलम क्mबचत अवधारणा अगाडी बढाएको छ । जस अन्तर्गत पर्यटकको गन्तब्य स्थलमा बसाई लम्ब्याउने र सकेसम्म भिडभाड हुने ठाउँमा पर्यटकको आगामन एबं बसाइमा रोक लगाउने नीति अबलम्बन गर्ने भएको छ । नेपालले पनि अहिले अगाडी बढाएको “यात्रालाइ क्यान्सल नगरौं, पछाडी सारौँ “ भन्ने नारालाई ससक्त रुपमा प्रचार प्रसार गर्नु आबश्यक छ ।

नेपाल सरकारले मध्यकालीन अवस्थाको लागि पर्यटन व्यवसायी तथा स्थानीयको कोरोना पश्चात उत्थानशिल क्षमता वृद्धिमा सघाउ पुर्याउने किसिमका क्रियाकलापहरु तर्जुमा गर्नुपर्दछ । संरक्षित क्षेत्र वरपर रहेका अनौपचारिक क्षेत्रमा काम गर्ने खासगरी पर्यटन व्यवासायमा आवद्ध थुप्रै कामदारहरुको रोजगार गुमेको साथै कोरोना भाइरसको कारण प्रकृतिमा परेको सकारात्मक प्रभावको कारण बन्यजन्तु आफ्नो बासस्थानभन्दा बाहिर आई स्थानीयको बालिनालीको क्षति बढाउने संभावनालाई मध्यनजर राखी क्षतीपुर्ती एबं राहत पुग्ने खालका विभिन्न क्रियाकलापलाई अगाडी सार्नु आबश्यक छ । त्यसै गरेर उनीहरुलाई भौगोलिक दुरी कायम गर्दै कसरि पर्यटन प्रबर्धन गर्न सकिन्छ भन्ने बिषयमा समेत जानकारि गराउनु पर्दछ । त्यस्तै मध्यकालीन योजना अन्तर्गत बिभिन्न आय आर्जनका क्रियाकलापहरु जस्तै सामुहिक कृषिबालि लगाउने, प्राकृतिक श्रोतमा आधारित साना तथा घरेलु उद्योगहरु संचालनको लागि प्रेरित गर्ने, स्थानीय श्रोतमा आधारित बजार एबं बैंकिंङ्ग सेवा संबन्धि साक्षरता अभियान संचालन गर्ने र युवाहरुलाई डिजिटल संरचनाहरुको बारेमा साक्षर गराउने जस्ता क्रियाकलापलाई अभियानको रुपमा संचालन गर्नुपर्दछ ।

दिर्घकालिन लक्ष्य अन्तर्गत छिमेकी राष्ट्र चिन र भारत केन्द्रित पर्यटन प्रबर्धनका क्रियाकलाप अगाडी बढाउनु पर्दछ । पर्यटन ब्यबशायमा “नयाँ सामान्य“ अवस्थामा फर्काउनको लागि स्थानीय सरकार, प्रदश सरकार र संघीय सरकारको समन्वय र सहकार्यमा पर्यटन पूर्वाधार बिकासका गतिविधिहरु एकीकृत ढंगबाट अगाडी बढाउनु आबश्यक छ । प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा थुप्रै होमस्टेहरु देशका विभिन्न भागमा संचालनमा रहेका छन् । सबैजसो स्थानीय सरकारको कार्यालयमा सुचना प्रबिधि अधिकृत तथा वेवसाइटहरु संचालनमा राहेका छन् । स्थानीय सरकार एबं प्रदेश सरकारले सामुदायिक बन, कबुलियेती बन, धार्मिकबन, पार्क, उद्यान आदीमा पर्यटन गतिबिधि बढाउने क्रियाकलापलाई समन्वयात्मक रुपमा अगाडी बढाएका छन् । यी हाल प्रदश र स्थानीय तहबाट भै रहेका गतिविधिलाई नतिजामुखी बनाउनको लागि प्रादेश एबं स्थानीय सरकार खासगरी निर्बाचित पदाधिकारीहारुकेन्द्रित क्षमता बिकास तालिम संचालन गर्नु आबश्यक छ । पर्यटन पूर्वाधारका गतिबिधिलाई आफ्नो आवधिक एबं बार्षिक बिकास योजनामा मूलप्रवाहिकरण गर्न सक्ने गरि प्रदेश एबं स्थानीय सरकारको क्षमता बढाउनु पर्दछ । यी कार्य सम्पादन गर्न आबश्यक मानब संशाधन बिकासको लागि प्रदेश सरकारको समन्वयमा पर्यटकीय गन्तब्य स्थलहरुमा आबश्यकता अनुसार पर्यटन तालिम केन्द्र एबं प्रतिष्ठानको स्थापना एबं सबलीकरण गर्नुपर्दछ । प्रदेश सरकार अन्तर्गत रहेको पर्यटन उद्योग बन तथा वातावरण मन्त्रालयमा स्थापित पर्यटन शाखाको क्षमता बढाउनु पर्दछ। प्रदेश तहमा पर्यटन प्रबर्धन समन्वय समितिको ब्यबस्था गर्नु पर्दछ । केन्द्रिय तहको पर्यटन नीतिको मातहतमा रहने गरि हरेक प्रदेश एबं स्थानीय तहले पर्यटन गुरुयोजना बनाउनु आवश्क छ । पर्यटन गन्तब्य रहेका स्थानीय तहलाई पर्यटन समर्पित मानब संसाधन, समिति एबं शाखाको स्थापना एबं संचालन गर्न प्रेरित गर्नुपर्दछ ।

यसरी माथि उल्लेखित तत्कालिन, मध्यकालीन र दिर्घकालिन रणनीतिका साथ अगाडी बढेको खण्डमा निकट भविष्यमा कोरोनाको प्रभावलाई आन्तरिक पर्यटनको माध्यमबाट संबोधन गर्न सकिन्छ एकातर्फ भने अर्कोतर्फ भविष्यमा गर्न सकिने बाह्य पर्यटन विकासकालागी भरपर्दो आधार तयार हुने छ र अन्तत विकेन्द्रीकरण सिद्धान्तमा आधारित पर्यटनको बिकास हुने छ, जुन दिगो र भरपर्दो समेत हुने छ ।

ekrajsigdel@gmail.com

प्रतिक्रिया दिनुहोस

web
analytics