बागलुङमा पहिरोले घर पुरिँदा एकको मृत्यु



अविरल वर्षाका कारण पहिरोले घर पुरिंँदा बागलुङ एक युवतीको मृत्यु भएको छ।

ढोरपाटन नगरपालिका अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारकी १९ वर्षीया छोरी पूजाको मृत्यु भएको हो ।

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट गएराति १ बजे खसेको पहिरोले घर पुरिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

प्रकाश परियारका दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र पूजा अर्को घरमा सुतेको अवस्थामा पहिराले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको जनाइएको छ। पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics