तातो बन्दै काठमाडौं, तापक्रम २३ डिग्री पुग्यो



मंगलबार काठमाडौंको तापक्रम २३ डिग्री सेल्सियस पुगेको छ ।

यो वर्ष माघ महिनामा मंगलबार सबैभन्दा बढी तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘जाडो बिस्तारै सकिने अवस्थामा पुगेको छ । अब तापक्रम घट्दैन क्रमशः बढ्दै जान्छ ।’ मौसमविद् सुवास रिमालले भने ।



यो वर्ष एउटै अवस्थामा तापक्रम नरहेर छिटो छिटो बृद्धी हुँदै गएकाले जाडोको अवधि निकै छोटो रह्यो । यो वर्ष हिउँदमा हुने वर्षा पनि निकै कम भएको महाशाखाले जानकारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics