मासुको लागि हात्ती र अन्य वन्यजन्तुहरूको प्रजनन गर्दै दक्षिण अफ्रिका


मासु सुरक्षा ऐनको विवादास्पद संशोधनको प्रस्तावका लागि दक्षिण अफ्रिकामा सरकारको आलोचना भइरहेको छ र यसले सयौं भन्दा बढी वन्यजन्तु प्रजातिहरूको आर्थिक शोषण बढाउने उनीहरुको निश्कर्ष छ । सबै प्रकारका जनावरहरुलाई मासु जस्ता व्यावसायिक उद्देश्यका लागि प्रयोग गर्न अनुमति दिइनेछ । यद्यपि, वर्तमान कोरोनाभाइरसका कारण प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनमा परेको छ भन्ने प्रमाणित गरिसकेको छ । जसकै कारण सार्वजनिक स्वास्थ्य र पारिस्थितिक प्रकोपको सामना गरिरहनु परेको छ ।
ऐनलाई हाल,सार्वजनिक परामर्शका लागि सरोकारवालासम्म पठाइएको छ । जसमाः हात्ती, जेब्रा, रातो हार्टबिस्ट, विल्डीबेस्ट, स्प्रिंगबक्स, डिक डिक, लेचवेज, कुडस, ह्यूकर्स, जेम्सबक्स, इल्यान्ड्स, इम्पालास, गैंडा (कालो र सेतो), हिप्पोस, जिराफ र मगरमच्छ छन् । प्रस्तावले यो पनि औंल्याएको छ । अन्तर्राष्ट्रिय संघको प्रकृति संरक्षण (आईयूसीएन) लोपोन्मुख प्रजातिहरूको रातो सूचीमा सूचीकृत भएको वन्यजन्तुका नाम पनि यो सूचीमा उल्लेख छ ।
दक्षिण अफ्रिकी वातावरण र कृषि मन्त्रालयहरू नयाँ कानुनलाई अघि बढाउने तयारीमा छन् । यद्यपि संरक्षण समूहले यो कदमबाट अचम्म मान्नुपर्दैन, किनकि वन्यजन्तु खेती उद्योगलाई नियमन गर्ने उद्देश्यले गरिएको संशोधनले चिनियाँ र दक्षिणपूर्व एशियाली व्यापारीले खरिद गर्न सक्नेछन् “यो वर्तमान कानुन पारित भएमा यो ऐनले वन्यजन्तुहरूको ठूलो उपभोगको सम्भावना खोल्छ । अनजानमै सुरक्षित जंगली जनावरहरूको उपभोगलाई वैधानिक बनाएर शिकारमार्फत माग हुने जंगली जनावरको मासुको मागलाई पुरा गर्नेछ, द कन्भर्शनले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics