प्रि–मनसुन ‘सिजन’ सुरु



सोमबार देखि प्रि–मनसुन ‘सिजन’ सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले निकालेको बुलेटिनमा मार्च १ अर्थात् यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।

यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन÷चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics