अब तात्यो काठमाडौं



पछिल्लो साता काठमाडौंको तापक्रममा बृद्धी आएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन गरेको छ । फेब्रुअरी महिनाको सुरुसँगै काठमाडौंको न्युनतम तापक्रम बढ्न थालेको हो ।

विगतका बर्षको तुलनामा यो बर्ष छिट्टै जाडो हटेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार यो वर्ष जाडोको समय निकै कम रह्यो । फेब्रुअरी महिनाको सुरुवातसँगै काठमाडौंको तापक्रम निकै बढेको छ । महाशाखाका मौसमविद् सुवास रिमालले भने, ‘यो वर्ष फेब्रुअरी महिनाको सुरुवातसँगै जाडो घटेको छ । अघिल्ला बर्षहरुमा फेब्रुअरी महिनासम्म चिसो हुन्थ्यो भने यो वर्ष केहि कम भएको छ ।’

मौसम बृद्धी हुने अवस्थामै भएपनि सोमबारको बायु प्रणालीमा बदली भएपछि तापक्रम केहि घटेको छ । मौसमविद् रिमालले भने, ‘पश्चिमी वायुको प्रभावमा बदली भएपछि पश्चिम क्षेत्रको तापक्रम पनि केहि घटेको छ ।’ उनले थपे ‘यो प्रणाली मंगलबारबाट हट्नेछ ।’ यसपछि जाडो पुर्णरुपमा हट्ने र गर्मी सुरु हुनेछ ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्युनतम तापक्रम ७.४ डिग्री सेल्सियस पुग्ने अनुमान जल तथा मौसम पुर्वानुमान महाशाखाले गरेको छ । यो बर्ष माघ १ गते बर्षकै चिसो हुदाँ उपत्यकामा शुन्य दशमलव चार डिग्री सेल्सीयस रहेको थियो । महाशाखाका अनुसार यो वर्ष त्यो भन्दा तल तापक्रम झरेको छैन । गत वर्ष भने पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

सामान्यतया नेपालमा नोभेम्बर महिनादेखि चिसो बढ्दै जान्छ र फेब्रुअरीबाट बिस्तारै चिसो कम हुँदै जान्छ । जल तथा पुर्वानुमान महाशाखाका अनुसार यो वर्ष ढिला जाडो सुरु भयो र छिट्टै जाडो गयो । जनावरी महिनामा काठमाडौंको तापक्रम शुन्य डिग्रीमा झरेको थियो । तर धेरै समय तापक्रम एउटै स्थितिमा नरहेको र छिट्टै बृद्धी भएका कारण धेरैजाडो भने भएन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics