दुरसञ्चार सेवा विस्तार गर्दै स्मार्ट टेलिकम



स्मार्ट टेलिकम प्रालिले देशका अधिकांश भु-भागमा आफ्नो दुरसंचार सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकामा करिब पचास वटा टावर जडानगरि परिक्षण गरिरहेको छ।

हाल कार्यगत ३४ जिल्लाहरुमा रहेका ग्राहकवर्गलाई राजधानी भ्रमण गर्दा सेवा पुराउने प्रमुख उद्देश्यका साथ नेटवर्क विस्तारको काम गरिरहेको स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन सिंह शाक्यले जानकारी दिएका हुन्।

हाल विद्यमान २ जी नेटवर्कलाई ३ जी सेवामा स्तरन्नोति गर्न नियमक निकायमा आवश्यक कार्य गरिरहेको तथा उपत्यका भित्र उपभोक्ताको सेवाको लागि विभिन्न स्थानहरुमा विक्रि केन्द्रहरु खोलिने शाक्यले जानकारी दिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics