२ गैंडा खोज्न ३० हात्ती सहितको टोली



मंगलबार बिहान हात हतियार र हात्ती सहित गैँडा खोज्न जंगल पसेको ३० जनाको टोलि अझै जंगल वरीपरी घुमीरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्नका लागी प्राविधिक सहितको टोली जंगल पसेको हो ।

नेपाली सेना प्रहरी शशस्त्र बनरक्षक निकुञ्जका कर्मचारी ३० ओटा हात्तीको सहयोगमा २ ओटा गैँडा खोजिरहेका छन् । चितवन निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले भने, “बिहान ६ बजे देखी गैँडा खोजी रहेका छौँ । अहिलेसम्म फेला परेको छैन ।”

गैँडा खोज्दै ३० हात्ती सहितको प्राविधिक टोलि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्र सुखिभार पुगेको छ । चितवनबाट मंगलबार दुईवटा गैँडा सूदूरपश्मिको शुक्लाफाँटामा सार्ने सरकारी योजना छ ।

विश्व बन्यजन्तु कोषको सहयोगमा वन तथा भुसंरक्षण मन्त्रालयले यो पटक चितवनबाट ४ पोथी गैंडा र एउटा भाले गैंडा सहित ५ ओटा गैँडा शुक्लाफाँटा लैजाने तयारी गरेको छ ।

गैँडा स्थानान्तरण गर्ने कार्य सोमबार देखी सुरु गरिएको हो । सोमबार बिहान १० बजेर २५ मिनेट जाँदा चितवन निकुञ्जको सुखिभारको घाँसे मैदानमा रहेको एउटा भाले गैँडालाई शुक्लाफाँटा पठाइएको थियो । करिब १५ वर्षको सो वयस्क भाले गैंडा चार सय २६ सेन्टिमिटर लामो थियो । डाट गरेर ढलेपछि काठबाट पिर्का जस्तै बनाइएको ठुलो स्ल्याबमा राखेर डोजरले ट्रकमा राखेर शुक्लाफाँटा पठाईएको थियो ।

चितवन निकुञ्जबाट ५ गैंडा शुक्लाफाँटा लैजानका लागि ३० हात्ती सहित करिब १ सय जना खटिएका छन् । गैंडा स्थानान्तरणका लागी ३ वटा खोर र ३ वटा ट्रक, लोडर, ट्याक्टर व्यवस्थापन गरिएको छ । करिब ३० वर्षको अवधिमा चितवन निकुञ्जबाट ९२ गैंडा स्थानान्तरण गरिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics