रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानद्धारा चार वटा पुरस्कार प्रदान



रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठानले चारवटा विधामा राष्ट्रियस्तरको पुरस्करा प्रदान गरेको छ । प्रतिष्ठानले चार वर्षदेखि समाजमा अनुकरणीय कार्य गर्ने व्यक्ति तथा संस्थाहरुलाई चारवटा नाममा पुरस्कृत गर्दै आइरहेको छ । सोही अनुसार यस वर्ष पनि झापामा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानले यस वर्ष  लागि प्रतिष्ठानले ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई प्रदान गरेको छ । पुरस्कारको राशी एक लाख एक हजार एक सय एघार रहेको छ । सहकारीकरणको सिध्दान्त अनुरुप अठार सय ४५ जना महिलाहरुलाई संगठित गराई ८० बिघा जमिनमा एकीकृत पद्दतिद्धारा कृषि क्षेत्रको विकास गरेको भन्दै लिमिटेलाई पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।
प्रतिष्ठानले ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ मानव सेवा आश्रमलाई प्रदान गरेको छ । हेटौंडामा प्रधान कार्यालय रहेको उक्त संस्थाले शारीरिक अशक्त, मानसिक असन्तुलित तथा बेसाहाराहरुको पुनस्थापना र पुनर्मिलनका क्षेत्रमा काम गर्दै आइरहेको छ । उक्त पुरस्कारको राशी पनि एक लाख एक हजार एक सय एघार रुपैंया रहेको छ ।
यसैगरी, एक लाख एक हजार एक सय एघार रुपैयाँ नै पुरस्कार राशी भएको ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ झापा जिल्ला अन्तर्गत धुलाबारीका पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिएको छ । मोफसलमा रहेर राष्ट्रको चौंथो अङ्गको रुपमा रहेको प्रतिष्ठित सञ्चार क्षेत्रमा विगत लामो समयदेखि पत्रकारितामा योगदान गरेको भन्दै उनलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले ‘देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ काठमाडौं चमतीकी सृष्टि महर्जनलाई प्रदान गरिएको छ । सन् २०१२ मा टर्कीमा आयोजित नेपाली सांस्कृतिक कार्यक्रममा सहभागी भई नेपाली कलासंस्कृतिलाई प्रबद्र्धन गर्नुका साथै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय प्रतिभा प्रतियोगिताहरुमा गहन तथा उच्च उपाधि प्राप्त गर्न सफल भएको भन्दै प्रतिष्ठानले उनलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी एकाउन्न हजार एक सय एघार रुपैंयाँ रहेको छ ।

नयाँ पुरस्कार स्थापना प्रतिष्ठानले नेपाली भाषा साहित्यमा सक्रिय रुपमा कलम चलाउने नेपाली स्रष्टाहरुको सम्मानका लागि नयाँ विधामा पुरस्कार स्थापना गरेको छ । आगामी वर्षदेखि साहित्य क्षेत्रमा योगदान गर्नेलाई ‘श्रीप्रसाद ओली साहित्यिक पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । उनका अनुसार उक्त पुरस्कारको राशी एकाउन्न हजार एक रुपैयाँ रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics