राम्रो मनसुनको संकेत


प्रिमनसुनको समयमा छिनछिनमा बदली हुनुपनि मनसुनको राम्रो संकेत हो ।

यो वर्षको मनसुन राम्रो हुने संकेत मौसमविदहरुले दिएका छन् । प्रिमनसुनको समयमा छिनछिनमा वर्षा हुनुलाई राम्रो मनसुनको संकेतका रुपमा मौसमविदहरुले व्याख्या गर्ने गरेका छन् । जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले भने ‘प्रिमनसुनको समयमा छिनछिनमा बदली हुनुपनि मनसुनको राम्रो संकेत हो ।’ उनले भने ‘प्रिमनसुनको अवस्थालाई हेरेर ठ्याक्कै मनसुन यस्तै किसिमको हुन्छ भनेर चाहीँ भन्न सकिदैन ।’

यो वर्ष प्रिमनसुनको सुरुदेखि नै वर्षा भइरहेको छ । छिनमै घाम लाग्ने छिनमै बदली हुने गरेको छ । मौसमविदहरुका अनुसार सामान्यतया मौसममा खराबी आएको भएपनि प्रिमनसुनको समयमा उपत्यकामा औसत भन्दा बढी पानी परेको छैन ।

पश्चिमी क्षेत्रबाट आएको प्रभावका कारण सोमबार देशभर नै पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायूका कारण बनेको बादल, निम्न चापिए रेखा र स्थानीय वायूको प्रभावका कारण मौसम एक्कासी बदली भएको मौसमविदले बताए । महाशाखाका मौसमविद् सुवेदीले भने ‘पश्चिमी वायु क्रमश पुर्वतिर सर्दै गइरहेकोले सोमबार देशैभर वर्षा हुने सम्भावना छ ।’

प्रिमनुुनको समयमा पानी पर्दा मेघगर्जने र चट्याङ पर्ने गर्छ । यो प्रिमनसुनको गतिविधि हो । सामान्यतया चैत दोस्रो सातादेखि जेठसम्म प्रि–मनसुनको अवधि रहन्छ । यस अवधिमा हावाहुन्डरी सहित वर्षा हुने गर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics